ताजा समाचार

ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा ३ को मृत्यु, ७ जना घाइते

 

चितवन,१ असार । चितवनको चुम्लिङटारमा अाज  बिहान ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा  ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ०७ः२५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मृत्यु भएका ३ जनाकाे सनाखत हुन नसकेकाे र घाइतेहरुकाे अहिले भरतपुर अस्पतालमा उपचारका भइरहेकाे  प्रहरीले जनाएकाे छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको  प्रहरीले बताएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org