ताजा समाचार

वीपी राजमार्ग आवागमन बन्द : काठमाडौं भित्रिने गाडीहरु सडकमै राेकिए

 

काभ्रे,१ असार। काभ्रेको रोशी गाउँपालिका–९, कालढुंगामा पहिरो खस्दा बीपी राजमार्गको आवागमन बन्द भएको छ ।

पहिरोका कारण शुक्रबार बिहान पाँच बजेदेखि राजमार्गको दुईतर्फकै सडक आवागमन अबरुद्ध भएको हो ।

प्रहरीले बाटाेमा खसेकाे पहिराे हटाउने  प्रयास भइरहेको जनाएको छ । काठमाडौंबाट पूर्व जाने गाडीहरु र पूर्वबाट काठमाडौं भित्रिने गाडीहरु सडकमै राेकिएका छन् भने यात्रुकाे बिचल्लि भएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org