ताजा समाचार

राष्ट्रियसभाका सदस्यहरूको कार्यकाल: कसले कति वर्षका लागि चिठ्ठा टिपे हेर्नुहोस्

काठमाडौं ४, असार । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ ।

यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष हुने भएको छ ।

प्रदेश ५ बाट राष्ट्रियसभामा निर्वाचित कोमल ओलीको कार्यकाल चार वर्ष हुने भएको छ भने, उनी नेकपाबाट राष्ट्रियसभा सदस्य हुन् । यस्तै अनिता देवकोटाको भने ६ वर्ष हुने भएको छ । उनी कांग्रेसबाट विजयी भएकी हुन् ।

प्रदेश ३ बाट राष्ट्रियसभामा निर्वाचित नेकपाकी पार्वती रावल पनि भाग्यमानी मध्येकी एक हुन् । उनको कार्यकाल ६ वर्ष तय भएको छ । नेकपाकै उदया शर्मा पौडेलको ४ वर्ष तय भएको छ ।

कांग्रेसकी धनकुमारी खतिवडाको २ वर्ष, प्रदेश ४ कि बिन्दादेवी आलेको ६ वर्ष, दीपा गुरुङको २ र शान्ति अधिकारी जिसीको ४ वर्ष टुंगो लागेको छ ।

प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने भएपछि नयाँ संविधान पछिको पहिलो सदन भएकाले यसका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ ।

त्यहीँ अनुसार १९ सांसदको दुई वर्ष कार्यकाल हुनेछ । अरु २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न थालिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org