मेडिकल सिटी भनिने चितवनमै कम उमेरमा बच्चा जन्माउने क्रम बढ्दो, आमा-शिशुको स्वास्थ्य दर्दनाक
चितवन, ६ असार । देशका विकट जिल्लाहरुमा कम उमेरका किशोरीहरुले सन्तान जन्माउने गरेका समाचार प्रकाशित भइरहेका बेला मेडिकल शहरको रुपमा विकास हुँदै गएको चितवन जिल्लामै बालविवाह गर्ने र बच्चाले कम उमेरमा बच्चा पाउने सामान्य जस्तो देखिन्छ ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झा जिल्लाका पहाडी क्षेत्रका चेपाङ समुदायमा कम उमेरमा बच्चा जन्माउने क्रममा कमी नआएको बताउछन् । उनले भने–“२० वर्षको उमेरमा त आमा दुई÷तीनवटा बच्चा बोकेर परिवार नियोजनको स्थायी साधन भ्याक्सेटोमी र मिनील्याब गर्न आउँछन् ।” उनका अनुसार १२ वर्षदेखि विवाह गर्न थाल्ने र १३÷१४ वर्षमा पहिलो बच्चा जन्माउने प्रशस्त हुने उनले बताए ।
बहुसंख्यक चेपाङ समुदायको बस्ती रहेको कोराक हेल्थपोष्टका प्रमुख कुमार सापकोटाले प्रायः सबै किशोरीहरूले १५ वर्ष हुँदा विवाह गरिसक्ने बताए । १६÷१७ वर्ष उमेरका किशोरी परिवार नियोजनको अस्थायी साधन पाखुरामा राख्ने नरप्लान्ट र तीन महिने सुई डिपोप्रोभेरा लगाउन आउने उहाँले बताए । ४÷५ कक्षा पढ्दैमा विवाह गर्ने र बच्चा जन्माउने गरेको उहाँले बताए ।
राप्ती नगरपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र पराजुली केही दिनअघि पहाडी गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा परिवार नियोजन गर्न आउनेमध्ये ठूलै संख्यामा २० वर्षमुनिका किशोरी रहेको जानकारी दिए ।
सो क्षेत्रमा कम उमेरमा विवाह नगर्न जनचेतना जगाउने काम भइरहेको भए पनि सार्थकता पाउन नसकेको संयोजक पराजुलीले बताए ।
इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङ पहाडी क्षेत्रमा चेपाङसँगै अन्य जातिका किशोरीले पनि सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने गरेको बताउछन् । उहाँले कम उमेरमा विवाह नगर्न र बच्चा नजन्माउन चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । वडा तहबाट यस्ता कार्यक्रम शुरु गरिए पनि रोकिन समय लाग्ने उहाँको भनाइ छ ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ पहाडी क्षेत्रमा कम उमेरमा बच्चा पाउने गरेको स्वीकार्दै यसको न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम शुरु गरिएको बताउछन् ।
बीस वर्ष उमेर नपुगी विवाह गर्न नपाइने कानूनी प्रावधान रहेपनि गाउँघरमा कम उमेरमै विवाह गर्ने क्रम रोकिएको छैन । २० वर्षभन्दा कम उमेरमा सन्तान जन्माएमा आमा र बच्चाको ज्यान जोखिममा पर्ने विज्ञ बताउँछन् ।
भरतपुर अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा हेम सुवेदी कम उमेरमा बच्चा जन्मिदा आमा र बच्चाको मृत्यु दर बढ्ने, आमाको पाठेघरको मुखको क्यान्सर हुनसक्ने, उच्च रक्तचाप हुनसक्ने, कम उमेरमा बुढो देखिने, हड्डी खिइने, आमाको पाठेघरमा अंगुरको झुत्तो जस्तो मासु देखिने र पछि त्यसबाट क्यान्सर हुनसक्ने, बच्चा जन्माउन गाह्रो हुने, दूध नपुगेर बच्चालाई कुपोषण हुने, सानै उमेरमा बच्चा हुँदा आमालाई मानसिक दबाब बढ्नेजस्ता समस्या आउने बताउछन् ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख झा सदरमुकाम भरतपुरमा सरकारी ठूलो अस्पताल, दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल, २४ भन्दा बढी निजी अस्पताल र १४५ भन्दा बढी डाइगनोस्टिक सेन्टर रहेपनि तिनले ती किशोरीलाई कम उमेरमा विवाह गर्न नहुनेतर्फ चेतना अभिवृद्धि गर्न सकेका छैनन् । यसका लागि सरकारी संयन्त्र मात्रै होइन, निजी क्षेत्रको पनि ध्यान जानुपर्ने झाको भनाइ छ ।
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...