ताजा समाचार

नेपाल आईकाओको कालोसूचीबाट हट्यो, चार महिनाभित्र नेपालगन्ज–दिल्ली सिधा उडानः पर्यटन मन्त्री

काठमाडाैं ८, असार । नेपालको उड्डयन सुरक्षा भरपर्दो नभएको भन्दै अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले लगाएको कालो सुचीबाट नेपाल हटेको छ । यसबारेमा आज प्रतिनिधिसभाको बैठकमा  संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले जानकारी गराएका हुन् ।

समय लिएर सार्वजनिक महत्वको विषयमा संसदलाई जानकारी दिदै उनले नेपालले आईकाओको उडान सुरक्षामापदण्ड पुरा गरेको प्रमाणपत्र पनि प्राप्त गरिसकेको जानकारी दिए ।

सन् २०१३ मा आईकाओले उडान सुरक्षा मापदण्ड नपुगेको भन्दै नेपाललाई गम्भीर सुरक्षा चासोको मुलुकको सुचीमा राखेको थियो । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको कालो सूचीबाट अब नेपालमुक्त भएको छ । आईकाओको उडान सुरक्षाको मापदण्ड विश्व सरदर ६० प्रतिशतको तुलनामा नेपालको ६६ दशमलब ०८ प्रतिशत पुगेको छ । सुरक्षा मापदण्ड पुरा गरेकाले नेपालले अन्तराष्ट्रिय नागरिक उड्डन आईकाओ काउन्सिल प्रेसिडेन्ट अवार्ड पाएको पनि मन्त्री अधिकारीले जानकारी दिए ।

उनले युरोपियन युनियनको सूचीबाट पनि ३ महिना भित्र नेपाल हट्ने आश्वासन दिए ।

युरोपियन युनियनबाट समेत २०१३ डिसेम्बर देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोकावट गरेको थियो ।

नेपागन्जबाट भारतको नयाँ दिल्लीमा सिधा उडान हुने

अबको चार महिनाभित्र नेपागन्जबाट भारतको नयाँ दिल्लीमा सिधा उडान हुने बताएका छन्।

व्यवस्थापिका संसदमा विनियोजन विधेयकको दफावार छफलमा उठेका प्रश्नको उत्तर दिनेक्रममा उनले भारतले हवाई रुट दिने सहमति जनाएसँगै ढिलोमा चार महिनाभित्र सिधा उडान हुने जानकारी दिए।

गएको हप्तामात्र भारतले नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र बिराटनगरबाट न्यून उचाईमा उड्ने जहाजको लागि हवाई प्रवेश विन्दु उपलब्ध गराउन ससहमत भएको थियो। विगत लामो समयदेखि प्राविधिक तहमा छलफल नहुँदा नेपालले माग गरेका रुट पाउन नसकेको तर सरकारको पहलमा बैठक बसेर सहमति भएको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org