ताजा समाचार

एसईई नतिजा आज (शनिबार) अपरान्ह ३ बजे सार्वजनिक हुँदै

 

काठमाडौं,९ असार । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसइइ) को नतिजा आज शनिबार अपरान्ह  ३ बजे सार्वजनिक गर्ने भएको छ।

यस बर्ष प्राविधिक धारको नतिजा पनि एकै पटक सार्वजनिक हुने भएको छ। कक्षा १० को अन्तिममा लिईने यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा कति सहभागी भए भन्ने कुरा नतिजा संगै सार्वजनिक हुने छ ।

शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् भएको हो । आगामी वर्षदेखि प्रदेश स्तरमा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको थियो । यस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको थियो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org