ताजा समाचार

गरिबी या बाध्यता, २० रुपैयाँमा शरिर सुम्पिने बादी समूदायका महिलाहरुको सत्यकथा (भिडियोसहित)

बादी महिलाहरु भन्छन् पानी नचल्ने तर शरिर भने चल्ने

कैलाली १८, असार । कैलाली जिल्लास्थित पूर्वपश्चिम राजमार्ग छेवैको एउटा झुरुप्प बस्ति । बस्तिमा बस्छन् बादी समूदाय । जुन बस्ती आजपनि जिवनका अनेकन अध्यायहरुलाई अध्यारोतर्फ धकेली रहेका छन् ।

सुरुवात गर्नलाई कुनैपनि शब्द छैनन् । जति भाषा मिलाएर बेदनात्मक कथा बनाएपनि त्यो केवल एक साहित्यिक खोस्टा बाहेक अरु केहि बन्न सक्दैन ।

जव मानिसलाई गरिबीले च्याप्छ तव बाँच्नलाई उ सकेसम्मको बलबुता प्रयोग गर्छ । तर, कथित अछूत भनिने बादी समुदाय भने भिन्न तरिकाले आफ्नो जिवनका रङ्गहरुमा चमकता भर्न शरिर सुम्पिएर उज्यालो तर्फ होइन अध्यारो तर्फ दाैडिएको छ ।

सामान्यतया: मानिसले किन याैन कर्मलाई सार्वजनिक रुपमा बेचेर जिविकोपार्जन गर्छ होला ? के उनीहरु बाँच्नलाई अन्य कुनै बाटाहरु नभएकै हुन त ? यी यस्तै कुराहरु गरेर विषयवस्तुलाई सामान्य बनाउन त सकिएला तर वास्तविकता भने अर्कै हुने गर्छ ।

एउटी महिला जो विवाह नै नगरी आमा बन्नु पर्दा कस्तो हुन्छ होला । त्यो पनि हाम्रो जस्तो समाजमा !

यस्तै घटनाले भरिएको गाउँ जहा उनीहरु कुमारी आमा बनेका छन र आफ्ना सन्तानलाई उज्यालो तर्फ धकेल्न स्किलमा भर्ना गरेका छन् । तर, त्यहि गाउँ हो अझै पनि १४/१५ वर्षका कलिलो उमेरका किशोरीहरु याैनलाई पेशा बनाएका छन् ।

कोहि भारतमा गएर शरिर सुम्पेका छन त कोहि त्यहि टहरामै । जन्मजात मानिसको न कुनै पेशा हुन्छ न कुनै धर्म तर जव उ परिवारमा हुर्कन्छ बढ्छ तव सिक्छ उसले संस्कार संस्कृति । त्यहि संस्कारले बनेका उनीहरु देसव्यपारको बाटो भन्दा अरु देख्दैनन् पनि सायद !

कथा जस्तै लाग्ने बादी समुदायका महिलाको सत्य घटना:

न उनीहरुको श्रीमान छन् न विहे नै भएको छ । तर उनीहरु आमा बनिसकेका छन् । त्यो पनि कुमारी आमा ।

दैनिक १०/१५ जनासंग शारिरीक सम्बन्ध स्थापित गर्ने गरेका उनीहरुलाई यो पनि थाहा छैन की बच्चा कसको हो भन्ने । तर, उनीहरु भन्छन् बच्चा पेटमा हुन्जेल अनि जन्मेको १ वर्षसम्म आउने गरेको उ हामीलाई नै हकार्छ किनकी उ बच्चा आफ्नो हो भनेर स्वीकार्न सक्दैन ।

दैनिक २० रुपैयामा शरिर सुम्पेका ति महिलाहरु परिवारको गर्जो टार्नकै लागि यसो गरेको भन्छन् ।

थुप्रै जात जातिका मानिसहरु आफ्ना ग्राहक भएर नेपालगञ्ज, कैलाली लगायतका शहरमा लगेर जान्छन तर आफ्नो इच्छा पुरा गरेपछि जहाँ देखेपनि चिन्दैनन् ।

सन्तानसंग सुत्न पाउनु भनेको उनिहरुका लागि सुनाैलो अवसर हो तर, सधै बच्चासंग सुतेर जिवन नचल्ने थाहा पाएका उनीहरु मनका थुप्रै रहर मारेर ग्राहकसंग रात बिताउछन् ।

त्यहाँका धेरैजस्तो महिलाहरुको पेशा नै याैन हो । उनीहरु कहिले ग्राहकको रुचि अनुसार बाहिर जान्छन त कहिले घरमै ।

यी यस्तै कुराहरुको संगालोले भरिएको जिवनलाई फूल जसरी सजाउनलाई सरकार या अन्य कुनै निकायले केहि पहल गर्ला त?

हेर्नुहोस् भिडियोसहित:

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org