ताजा समाचार

केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न माग

काठमाडौँ, ३१ असार नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली व्यवसायलाई केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर रसुवाका जनतालाई मात्र पास उपलब्ध गराउँदै आएको सरकारले देशैभरिका व्यवसायीलाई एकदिने पासको व्यवस्था मिलाउन माग गरेको हो ।

यस्तै महासंघले भन्सारमा सहज रुपमा व्यवसायीको पहुँच हुनुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने, तातोपानी नाका तत्काल खुलाउनुपर्ने लगायत मागसमेत गरेको छ ।

ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले व्यवसायीले राखेका माग सकारात्मक भएको भन्दै उक्त माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । “नेपालको परराष्ट्र हेर्ने टोली र चीनको परराष्ट्र हेर्ने टोलीबीच भन्सारका विषयमा छलफल भइरहेको छ, छिट्टै सकारात्मक नतिजा आउनेछ”, उनले भने।

यसअघि महासंघको टोलीले केरुङ नाकाको अवलोकन गरी नेपाली व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org