ताजा समाचार

एक सय जरिवाना भराउन अदालतमा मुद्धा !

काठमाडाैं ८, साउन । क्षतिपूर्तिबापतको एक सय रुपैयाँ भराउन विराटनगर महानगरपालिका–५ कि इन्दिरा चापागाईंले जिल्ला अदालत, मोरङमा निवेदन दिएकी छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार अदालतको फैसला कार्यान्वयनमा ढिलाइ भएपछि चापागाईंले निवेदन दिएको बताइन् ।

विराटनगर–४, बरगाछीस्थित गोग्राहा माविकी व्यवस्थापन समितिकी पूर्वअध्यक्ष चापागाईंले तत्कालीन प्रधानाध्यापक विष्णुबहादुर भुजेलले गाली बेइज्जती गरेको भन्दै अदालतमा मुद्दा दिएकी थिइन् । ०७२ मा दर्ता गरिएको मुद्दामा ३ चैत, २०७३ मा जिल्ला अदालतले र गत २२ फागुनमा उच्च अदालतले चापागाईंको पक्षमा फैसला गरेको थियो । त्यही फैसला छिटो कार्यान्वयन गराउन माग गर्दैै उनले अदालतमा निवेदन दिएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org