चिनसगं को एकमात्र केरुङ नाका जोखिममा , ठूला सवारिसाधनमा रोक
रसुवा १२, साउन । टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ ।
सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पु¥याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो ।
हल्का सवारीसाधनलाई भने आवातजावतमा खुला गरिएको बताइएको छ । दैनिक रु एक करोडभन्दा बढी राजश्व आर्जन हुने नेपालको उत्तरी नाकाबाट सामानआयात निर्यात गराउने पुल जोखिममा परेपछि केरुङतर्फ गएका सयौँ ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन् । चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ । दायाँबायाँबाट वैकल्पिक सडक खोल्ने स्थानसमेत नभएको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार गएको पहिराले अवरुद्ध टिमुरे नजीकको राजमार्ग भने शुक्रबारदेखि सञ्चालनमा आएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।
यसैगरी पहिरामा परी मृत्यु हुनेको दाहसंस्कारका लागि नौवटै शव आफन्तजनलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताउनुभयो ।
स्याफ्रु–रसुवागढी खण्डको सडकमा मोटर विश्राम नगर्न अगुवा सवारी चालकले सुझावसमेत दिएका छन् ।
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...