ताजा समाचार

स्वास्थ्यमन्त्रीले दिए चिकित्सकहरुलाई यस्तो निर्देशन:खटाएको ठाउँमा जानू

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कार्य क्षेत्रमा जान चिकित्सकहरुलाई निर्देशन दिएका छन् । काठमाडौं बाहिरका अस्पतालहरुमा चिकित्सकहरु नजाने गरेको भन्दै उनले खटाएको ठाउँमा जान सचेत गराए ।

वीर अस्पतालको १२९ औं वाषिर्कोत्सवको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा मन्त्री यादवले वीरका चिकित्सकहरुलाई तोकिएको अवधिभर डयूटी गर्न निर्देशन दिए ।

वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुले अस्पतालमा पर्याप्त समय नदिने गरेको जनगुनासो आईरहेको उल्लेख गर्दै ‘डयूटी आवर’ भित्र अस्पतालकै सेवामा रहन सचेत गराएका हुन् ।
वीर अस्पतालको १ सय २९ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिकित्सकहरुको पहिलो कर्तव्य उपचार भएकाले त्यसलाई पूरा गर्न प्रतिवद्धताका साथ अघि बढनुपर्नेमा पनि जोड दिए । उपप्रधानमन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारको रुपमा नभई सेवाको क्षेत्रको रुपमा विकास गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौंधरीले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रको विकासमा लागि पर्न मातहतका निकायलाई सचेत गराइन् । उनले  वीर अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि ििदइन् ।

मुलुकको सबैभन्दा जेठो अस्पतालको रुपमा रहेको वीर अस्पतालले सर्वसाधारणको थप उपचारका लागि छाती, बाथ रोग तथा हेमाटोलोजीसम्बन्धि विशेषज्ञ सेवा पनि सुरु गरेको छ । अस्पतालले ६ सय बेडको अत्याधुनिक भवन निर्माणको कामलाई तीव्रता दिएको पनि अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । े
अस्पतालले इमर्जेन्सी सेवालाई पेपरलेस बनाउने प्रक्रियालाई पनि अघि बढाइएको दावी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org