ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी
काठमाडौँ १४, साउन । संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै काठमाडौँ उपत्यकाका अस्पतालमा भइरहेको फोहर व्यवस्थापन सम्बन्धमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले सो विषय उजागर गरेको हो ।
विभागले अध्ययनका लागि उपमहानिर्देशक सफला श्रेष्ठको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य विभाग, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका प्रतिनिधि र विभागका चार जना प्राविधिकसहितको समिति गठन गरेको थियो । समितिले नमूनागत रुपमा छनौट गरी उपत्यकाका निजामती कर्मचारी अस्पताल, तिलगंगा आँखा अस्पताल, ग्राण्डी इन्टरनेशनल हस्पिटल र बयोधा अस्पतालमा स्थलगत अनुगमन गरेको थियो ।
अध्ययनका क्रममा चार अस्पतालमध्ये ग्राण्डी अस्पतालमा मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा रहेको र त्यो पनि नियमित सञ्चालन नभएको देखिएको उपमहानिर्देशक श्रेष्ठले बताए । निजामती अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र रहेको भएपनि बिग्रिएकाले हाल सञ्चालनमा छैन् । अस्पतालबाट निस्कने फोहर पानी सिधै ढलमा मिसाउने गरिएको देखिन्छ ।
तिलगंगा आँखा अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको छैन् । अस्पतालबाट निस्कने फोहर पानी सार्वजनिक ढलमा मिसाउने गरिएको देखिन्छ । फोहर पानीको नमूना संकलन गरी प्रयोगशालामा पठाउँदा त्यसमा मापदण्डभन्दा बढी फोहर पाइएको प्रतिवेदनमा जनाइएको छ ।
निजामती अस्पतालले दिनमा तीन पटक, तिलगंगा अस्पतालले दिनमा दुई पटक, ग्राण्डी अस्पतालले दिनमा दुई पटक र बयोधा अस्पतालले दिनमा चार पटक फोहर संकलन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । सबै अस्पतालले फोहर निर्मलीकरणका लागि भने आवश्यक प्रशोधन उपकरण (अटोकेलेभ) राखिएको उपमहानिर्देशक श्रेष्ठले जानकारी दिए । चारै अस्पतालले फोहर व्यस्थापनको जिम्मा हाउस किपिङ विभागअन्तर्गत गरेको देखिएको छ ।
अस्पतालहरुले फोहर जलाउँदा सरकारले तोकेको मापदण्ड अनुरुपको तापक्रममा जलाउने नगरेको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिए । चारै अस्पतालमा केन्द्रीय फोहर संकलन स्थल भने रहेको देखिन्छ । साथै अस्पतालबाट उत्सर्जन हुने जोखिम र जोखिमरहित फोहरको प्लाष्टिकको बोराहरु मिसाएर नगरपालिकाले लैजाने गरेको देखिएको छ ।
उपत्यकामा बढ्दो जनसंख्या शहरीकरण प्रदूषणका कारण अस्पताल एवं स्वास्थ्य सेवाजन्य संस्थाहरुको संख्या बढ्दै गइरहेको छ । यस्ता अस्पतालबाट सामान्य फोहर मात्र नभइकन हानीकारक फोहर पनि निष्कासन हुने गर्दछ । हानीकारक फोहरको उचित व्यवस्थापन नभएमा यसले मानव स्वास्थ्य एवं वातावरणमा गम्भीर असर गर्दछ ।
आठ उद्योगलाई कारवाही
वातावरण विभागले गत आर्थिक वर्षमा १३८ उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमन गरी वातावरणीय मापदण्ड पूरा नगरेका आठ उद्योग तथा प्रतिष्ठानलाई कारवाही गरेको छ ।
विभागले हुलास स्टिल उद्योग प्रालि (बारा), श्रीकृष्ण आयल रिफाइनरी प्रालि (बारा), विष्णु टेक्सटायल प्रालि (बालाजु), काठमाडौँ दुग्ध वितरण आयोजना (बालाजु), अरनिको आबुखैरेनी सिमेन्ट प्रालि (तनहुँ), हारती एग्रिगे्रट प्रालि (तनहुँ), कमला रोलिङ मिल्स प्रालि (मोरङ) र युनाइटेड ब्रुअरी प्रालि (मकवानपुर) प्रत्येकलाई रु ५० हजारका दरले जरिवाना गरेको जनाएको छ ।
यस अवधिमा विभागले ११६ आयोजना, उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी अनुगमन गरेको सिनियर डिभिजनल केमिष्ट शंकरप्रसाद पौडेलले बताए । विभागले १५ उद्योग एवं औद्योगिक प्रतिष्ठानलाई कारवाहीका लागि मन्त्रालयमा सिफारीस गरिएको, एकको बयान लिइएको र ५४ लाई सुधारका लागि सुझाव दिइएको विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ...
-
पानीमा डुबेको अवस्थामा बालकको शव फेला
काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ । बलरा नगरपालिका–३, स्थित लक्ष्मीपुरका...
-
पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते
काठमाडौं । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
सर्लाहीमा गोली हानेर आफ्नै श्रीमतीको हत्या, बाबु घाइते
काठमाडौं । सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा एक व्यक्तिले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । गएराति १ बजे...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
बाबुको हत्या अभियोग छोरा पक्राउ
काठमाडौं । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको...