ताजा समाचार

चिनियाँ जहाज रोकियो,सोल्टी र मितिनी आज नेपालमै बस्ने

काठमाडाैँ ३१,साउन । नेपालले उपहारमा दिएको दुई गैंडा लिन बिहीबार आउने भनेको चिनियाँ जहाज नआएपछि ती गैंडा हस्तान्तरण भोलि गरिने भएको छ । चीनको ग्वाङझाओमा ठूलो आँधी आएकाले चिनियाँ जहाज आउन नसकेको हो ।

चीनलाई उपहारमा पठाउन चितवनबाट दुईवटा गैंडा सोल्टी र मितिनीलाई बुधबार नै काठमाडौं ल्याइसकिएको छ । ती गैंडा बिहीबार हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर चिनियाँ जहाज नआएपछि शुक्रबार साँझ ७ बजे गैंडा हस्तान्तरण कार्यक्रम राखिएको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।

 

काठमाडौं ल्याएको गैंडालाई नेपाल प्रकृति संरक्षण कोषमा राखिएको छ ।

चीनले यसअघि पनि नेपालबाट दुईवटा गैंडा उपहारमा लगिसकेको छ । यसअघि भद्र र रुपसी नामको गैंडा उपहार लगेको चीनले यसपटक सोल्टी र मितिनी नामको गैंडा लैजान लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org