ताजा समाचार

बान थाई रेस्टुरेन्टका म्यानेजिङ डाइरेक्टर गणेश ढकाल थाइल्याण्डमा सिइआे लिडर अवार्ड २०१८ बाट सम्मानित

काठमाडाैं ३, भदाै । बान थाई रेस्टुरेन्टका म्यानेजिङ डाइरेक्टर गणेश ढकाल थाइल्याण्डमा सिइआे लिडर अवार्ड २०१८ बाट सम्मानित भएका छन् ।

थाईल्याण्ड र थाई खानालाई नेपालमा सम्मान गरेको भन्दै तोनबोन भिजा फाउन्डेसनले ढकाललाई थाईल्याण्डमा सम्मान गरिएको हो ।

थाइल्याण्डका मानिसहरु मिजासिला मात्रै नभइ परिश्रमी समेत भएकाले उनीहरु आफ्नो मुलुकलाई अत्यधिक माया गर्ने गरेको कुरा ढकालले जनाए । विकासमा फड्को मारेको थाइल्याण्ड नेपालीहरुले समेत भिजिट गर्नसक्ने ठाँउमध्येको एक हो ।

सम्मान कार्यक्रममा विश्वका धेरै मानिसको उपस्थिति भएपनि नेपालको प्रतिनिधित्व गरेका ढकालले लुम्बिनीलाई भारतले आफ्नो देश भनेर भारतका बिभिन्न स्थानमा उतारेर लुम्बिनीसम्म आउने व्यवस्था मिलाएकाले नेपालको पर्यटनमा क्षति पुगेको समेत जनाउँछन् ।

आफ्नो अवार्ड सम्पूर्ण नेपाली र लुम्बिनीको प्रचारमा टेवा पुर्याउने कडीका रुपमा सावित भएको समेत जनाएका छन् । वर्षेनी ३०/४० हजार थाइ पर्यटकहरु भारतको बाटो प्रयोग गर्ने भएकाले त्यतातिर सरकार लगायतका निजी क्षेत्रले समेत ध्यान दिन सकेमा नेपालमा पर्यटन र व्यवसायको भलो हुनेमा उनको तर्क छ ।

यसका साथै, नेपालमा थाइल्याण्डका पर्यटकको संख्या बृद्वि गर्नमा थाई खानाका परिकारले समेत उल्लेख्य भुमिका खेलेको भन्दै उनले यो सम्मान नेपाल र नेपाली सबैका लागि प्रेरणा बन्ने विश्वास ब्यक्त गरेका छन् ।

अन्तराष्ट्रिय स्तरका पुरस्कार तथा अवार्डले युवापुस्तामा आफ्नै देशको पर्यटन क्षेत्रमा लगानी गर्न मद्त गर्नेमा आफू विश्वस्त रहेको समेत जनाएका छन् ।

ढकाल विगत २५ वर्षदेखि थाइ खाना बनाउन देखि व्यापार गर्नमा तल्लिन रहेका छन् । उनी महाराजगञ्जस्थित आफ्नो बान थाइ रेस्टुरेन्टमा न्युज-नेपालको टिम भेट्न जाँदा समेत र्याकमा राखेको सेफ ड्रेस देखाउदै ग्राहकको भीड हुँदा आफै सुटुक्क किचनमा पसेर थाइ खाना बनाउन थाल्ने समेत जनाए ।

मिहेनति ढकाललाई न लाज न शरम् । गरिखान उनी मालिक देखि कामदारसम्म बन्छन् । यसै कारण पनि होला उनले एकपछि अर्को सफलता प्राप्त गर्दै गएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org