ताजा समाचार

सरकारका ६ महिनामा सुशासन र समृद्दिको जग तयार भयो : प्रधानमन्त्री

काठमाडाैं ३, भदाै । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेको आज ६ महिना पुगेको छ।

६ महिनामा सरकारले दुइटा प्रमुख काम गरेको प्रधानमन्त्री ओलीले बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओली विदेश सम्बन्ध, सुशासन र विकासको क्षेत्रमा उपलब्धि भएको बताएका हुन्।

उनले लेखेका छन्-मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो। यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ। यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ। ओली गत फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org