नेकपा विद्यार्थी संगठनः अध्यक्षमा तामाङ र ऐन सिफारिस !
रबिन्द्र अधिकारीबाहेक नेकपाका युवा नेता रमेश मल्ल, अखिल अध्यक्ष नवीना लामा तामाङलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा
काठमाडाैं ४, भदाै । तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थी अखिल क्रान्तिकारीको एकताका लागि गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन ।
संस्कृति, पर्यटन तथा नागरिकमन्त्रीसमेत रहेका नेता रवीन्द्र अधिकारी नेतृत्वको कार्यदलले ४ सय ९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एक तिहाई संख्यामा सचिवालय र सचिवालयको एक तिहाई स्थायी समिति रहने गरी प्रस्ताव गरेको छ । यस्तै एक संयोजक, एक महासचिव र सात जना सह–संयोजक रहने व्यवस्थासहितको प्रतिवेदन तयार पारिएको छ । तर, नेतृत्वका बारेमा भने टुंगो लगाउन नसकेपछि अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिलका महासचिव ऐन महरको नाम सफारिस गर्ने तयारी गरेको कार्यदलका एक सदस्यले न्युज-नेपाललाई जानकारी दिए ।
तामाङ र महर दुवैले एकीकृत संगठनको नेतृत्व दाबी गरेपछि कार्यदलस्तरमा सहमति जुट्न नसकेको हो । यद्यपि कार्यदलमा रहेका चारमध्ये अधिकारीबाहेक नेकपाका युवा नेता रमेश मल्ल, अखिल अध्यक्ष नवीना लामा तामाङलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । तामाङ स्वयं कार्यदल सदस्य छन् ।
स्रोतका अनुसार पूर्वएमाले र पूर्वमाओवादी दुवैतर्फका नेताहरुले पूर्वसमूहका आधारमा तामाङ र महरको नाम प्रस्ताव गर्न कार्यदलमा रहेका आफ्ना सदस्यलाई निर्देशन दिएपछि नेतृत्व टुंगो लाग्न नसकेको हो । कार्यदलमा सहमति जुट्न नसकेपछि दुई अध्यक्षलाई सहमतिका लागि आग्रहसहितको प्रतिवेदन बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...