अनुगमन टोलि थुनिएपछि, मन्त्री यादव कालीमाटी तरकारी बजारमा
काठमाडाैं ४, भदाै । कालीमाटी बजारमा तनाव बढेपछि आपूर्ति मन्त्री मात्रिका यादव आफैं कालीमाटी तरकारी तथा फलफूल बजारमा पुगेका छन् । मन्त्रीसँग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे पनि बजार अनुगमनमा भएको अवरोधबारे जानकारी लिन पुगेका छन् ।
विमान कालिमाटी तरकारी अनुगमन गर्न गएको टोलीलाई बिचौलिया र ब्यापारीहरुले धमक्याएका थिए । तनावको स्थिति उत्पन्न भएपछि कालिमाटी बजार विकास समितिको भवनमा अनुगमन टोली थुनिएको थियो ।
विचौलियाले तरकारी मूल्य अत्याधिक बढाएको भेटिएपछि उदोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोली बजार अनुगमन जाँदा ब्यापारीहरुले बिरोध गरेका थिए । बाक्लो मात्रामा प्रहरी परिचालन भएपछि मात्रै ब्यापारीले अनुगमन टोलीलाई बाहरि निस्किन दिएका थिए ।
अनुगमनमा बिजबिजक नभएका दुई ट्रक तरकारी जफत गरिएको छ । गल्ती लुकाउन अनुगमन कर्तालाई धम्की सहित अवरोध गर्ने व्यापारीलाई पक्राउ गरी आवश्यक कार्बाहीको प्रक्रिया अगाडि बढाइएको मन्त्री यादवले जानकारी दिए ।
अनुगमन टोलीलाई धम्क्याउने बिचौलियाको नेतृत्व गर्ने कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा पक्राउ गरिएको छ ।
मन्त्री यादवले किसान उपभोक्ताबीचको दूरी घटाई महंगी नियन्त्रण मन्त्रालय अग्रसर रहेको बताए ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...