ताजा समाचार

हेटाैडामा आँगनमा खेलिरहेका बालक चट्याङ लागेर मृत्यु

हेटाैडा २१,भदाै ।  चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । हेटौडा उपमहानगपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो ।

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए

यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनामा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौडा उपमहानगरपालिका ७ कि ४० वर्षीया सावित्री लुईटेल घाइते भएका छन् ।

लुईटेल खाना पकाउन लाग्दा चट्याङ लागेको बताइएको छ । स्याङ्तान र लुईटेलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org