ताजा समाचार

नेकपामा ओली विरुद्ध झलनाथको संघर्षः प्रचण्ड र नेपाल ठिकै भएको प्रतिक्रिया

काठमाडाैँ २२,भदाै ।  पार्टी एकताका क्रममा आफूलाई अपमान गरिएको भन्दै आक्रोषित बनेका झलनाथ खनाल अझै सन्तुष्ट बन्न सकेका छैनन् । तत्कालिन माओवादी र एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन गर्दा खनाल चौँथो वरियतामा पुगेपछि रिसाएका हुन् । उनलाईभन्दा माधवकुमार नेपाललाई अघिल्लो वरियतामा राखेको कुराले खनालको मन झनै कुँडिएको छ ।

त्यसैले अहिले पनि उनी भन्ने गर्छन्, “मार्यादक्रम तोडेर ममाथि अपमान गरिएको छ । यसरी पार्टी चल्दैन ।” प्राइम टाइम्स टिभीको कार्यक्रममा पार्टीभित्र अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल मात्रै मिलेर नहुने बताए ।

कार्यकर्तालाई पनि मिलाउनुपर्नेमा खनालले जोड दिए । “कम्युनिष्ट पार्टीले कसैलाई अन्याय गर्न पाईदैन । पार्टीभित्र नै अन्याय भयो भने बाहिर के हुन्छ ? कुनैबेला न्याय नपाए गोरखा जानु भनिथ्यो । अब न्याय नपाए नेकपामा जानु भन्ने हो । नेकपामै अन्याय हुन थालेपछि के हुन्छ ?” खनालले प्रश्न गरे । उनले अन्यायका बिरुद्धमा लड्ने बताएका छन् । वरियतामा गरिएको अन्यायपूर्ण कुरा माधव नेपालले कसरी स्वीकार गर्नु भयो भनेर खनालले अचम्म मानेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org