ताजा समाचार

प्रचण्डको भारत भ्रमण सफल भएको दुबै अध्यक्षको निश्कर्ष

काठमाडौं २५, भदाै ।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको चार दिने भारत भ्रमण सफल भएको समिक्षा भएको छ। सोमबार बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच प्रम निवास बालुवाटारमा भएको बैठकमा यस्तो समिक्षा भएको हो ।

दुबै अध्यक्षबीच भएको बैठकमा अध्यक्ष प्रचण्डले भारत भ्रमणको विषयमा चर्चा गरेका थिए। त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जबस–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधबार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org