ताजा समाचार

प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा जोशीको स्वागत

काठमाडाैँ २६,भदाै ।  संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत न्यायाधीश दीपकराज जोशीले आफू मंगलबारदेखि अदालतमा हाजिर भई दैनिक कामकारबाही थाल्ने बताएका छन् ।

 

उनले नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्दै न्यायालयमा जुनियर, सिनियर नहुने अभिव्यक्तिसमेत दिए ।

‘मिश्र श्रीमान् मेरो समकक्षी हो । सिनियर र जुनियरको कुरै उठदैन,’ जोशीले वरिष्ठतम न्यायाधीशका रूपमा स्वागत गर्दै भने, ‘न्यायालयमा कोही जुनियर र सिनियर हुन्न । अब म मंगलबार नै अदालतमा गएर दैनिक कामकाज गर्न थाल्छु ।’

स्रोतका अनुसार उनले आफ्नो नाम अस्वीकृत भएपछि अदालतमा को कामु प्रधानन्यायाधीश भन्ने अन्योल नहोस् भनी बिदामा बसेको र नयाँ नेतृत्व आएपछि काम सुरु गर्ने बताएका थिए । संसदीय सुनुवाइ समितिले आफ्नो नाम अस्वीकृत गरेपछि जोशी बिदामा बस्दै आएका थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org