तिहारको मुखैमा नेविसंघको महाधिवेशन (कार्यतालिका सहित)
काठमाडौं २६,भदाै ।नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन आगामी कात्तिक १६,१७ र १८ गते गर्ने तय भएको छ । नेविसंघको गएराती सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले पार्टी केन्द्रीय कार्यालय सानेपामा गएराती सम्पन्न केन्द्रीय समितिको बैठकले कात्तिक १६,१७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीको ६ सदस्यीय समितिले केन्द्रिय समितिमा उठेका विषयहरु समेटेर सबैसँग समन्वय गरि भदौ २७ गतेभित्र संघको संसोधित विधान नियमावली –२०७५ पार्टीलाई बुझाउने निर्णय पनि गरेको छ ।
विधान नियमावली पार्टीबाट अनुमोदन भएपछि क्याम्पस र जिल्लाहरुमा केन्द्रिय प्रतिनिधि खटाउँदै सम्बन्धित अधिवेशनहरु सम्पन्न गरिने तय भएको छ । जसअनुसार असोज ७ गते देशैभरका मावि र क्याम्पस अधिवेशन, असोज १२ गते गाउँपालिका , उप– महा–नगरपालिका अधिवेशन, असोज १५ गते प्रदेश क्षेत्र अधिवेशन, असोज २१ गते ७७ वटै जिल्लामा जिल्ला अधिवशन, ( असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ गते ७ वटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तय भएको छ। बैठकले उमेरको ३२ वर्षको लाग्ने भनिएको हदबन्दी हटाएको पनि बताइएको छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार सानेपामा आयोजित पार्टीको निर्देशन समितिको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गरेका थिए । सोही कार्यतालिकाअनुसार नेविसंघको बैठकले महाधिवेशनको निर्णय गरेको हो । नेवि संघको दुई वर्षे कार्यकाल भदौ पहिलो साता सकिएपछि कांग्रेसले संगठनलाई महाधिवेशन गर्ने समय तीन महिनाका लागि थप गरेको थियो ।
दुई वर्षभित्रै नयाँ नेतृत्व चयन गर्नुपर्ने भएपनि नेविसंघभित्रको आपसी विवादले समयमा महाधिवेशन हुन सकेको थिएन । तर, भदौ २ गते नेविसंघभित्रको संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको थियो ।
यो समझदारीसँगै सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्न सहमति दिएको थियो । त्यस्तै निर्देशक समितिले १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न निर्देशन पनि दिएको थियो । सोही अनुसार अध्यक्षले शनिबारको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गरेका थिए
Comments
अरु समाचार
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...