ताजा समाचार

यसरी ल्याइयो काभ्रेबाट इन्द्रजात्राको लिङ्गो

काठमाडौं २९,भदाै  । इन्द्रजात्राका लागि आवश्यक लिङ्गोका लागि काभ्रेबाट काठ ल्याइएको छ ।

उक्त लिङ्गो आगामी असोज ५ गते बसन्तपुरमा ठड्याइनेछ ।

भक्तपुर र काभ्रेको सिमानामा पर्ने नालादेखि बसन्तपुरसम्म तानेर ल्याएको थियो

लिङ्गोका रूपमा प्रयोग गरिने काठको लम्बाई ३६ हात छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरेर यो पर्व मनाइन्छ ।

भाद्र शुक्ल द्वितीय तिथिमा काभ्रेको उग्रचण्डी नालाको जंगलमा लिङ्गोका लागि काठ काट्न गुरुजु पल्टनसहित वनयात्रामा प्रस्थान गर्ने चलन छन् ।

जंगलमा कालो बोको छाडेपछि त्यसले जुन रूख छुन्छ त्यही रूख विधिपूर्वक काटेपछि इन्द्रध्वजाको लिङ्गो तयार पारिन्छ ।

एकादशीमा लिङ्गो नगर प्रवेश गराइन्छ ।

पूर्णिमामा लिङ्गो उठाएपछि इन्द्रजात्रा विधिवत् सुरु हुन्छ । विभिन्न देवीदेवताको प्रदर्शन, सांस्कृतिक बाजागाजा, झाँकीसहित ८ दिन मनाएपछि इन्द्रजात्रा सकिन्छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org