चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
काठमाडौं १ ,असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।
सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिका आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो ।
समितिले छनोटमा परेका ६ जनाको आइतबार कार्यपत्र प्रस्तुति सुनेको थियो । छनोट समिमतिले सिफारिस गरेका तीनमध्ये एक नम्बरमा डा. डिएन शाह, दोस्रोमा डा.ढुण्डी पौडेल र तेस्रो नम्बरमा डा अजित रायमाझी छन् ।
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवको नेतृत्वको सिफारिस समितिले उपकुलपतिमा सिफारिस गरेका तीनमध्ये डा. डिएन शाह यादव निकट मानिन्छन् । यादवले उनलाई उपकुलपति बनाउन चाहेका छन् ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीसँग यादवको छलफलपछि न्याम्सका अन्य पदाधिकारीको पनि भागबण्डा हुनेछ । न्याम्समा उपकुलपति सहित रजिष्टार रेक्टर पद पनि खाली भएको छ ।
तीन सदस्यीय छनोट समितिमा मन्त्री उपेन्द्र यादव, प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् । उपकुलपतिको नियुक्ति सोही सिफारिस अनुसार प्रधानमन्त्री तथा कुलपति ओलीले गर्नेछन् ।
यसैबीच न्याम्सका प्राध्यापक तथा विद्यार्थीहरुले न्याम्स सेवा बाहिरको व्यक्तिलाई उपकुलपति नमान्ने भन्दै सिफारिसप्रति विरोध जनाएका छन् । सिफारिस भएकामध्ये डा. पौडेलमात्र न्याम्समा कार्यरत छन् ।
तर वीरका प्रतिष्ठान सेवाका चिकित्सक, कर्मचारीहरू भने तटस्थ छन् । उनीहरुले वीर भित्रकै कर्मचारीहरू पदाधिकारी हुँदा प्रतिष्ठानको स्वायत्तता नभएको तथा कर्मचारी व्यवस्थापन र ट्रमा सेन्टरसमेत नियम अनुसार सञ्चालन नगरेको भन्दै अस्पताल बाहिर वा सेवा अवकाश प्राप्त चिकित्सकबाट उपकलुपति नियुक्ति हुनुपर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...