ताजा समाचार

भिन्ना- भिन्नै ठाऊँमा पानिमा डुबेर चार जनाको मृत्यु

काठमाडौं ४,असोज।वर्दिया,धादिङ, दैलेख र नवलपरासी(सुस्ता पूर्व)मा बुधबार डुबेर ४ जनाको मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमध्ये वर्दिया बाँसगढी नगरपालिका-३ सुन्दर बस्ति बस्ने १३ वर्षीया निसा सुनार रहेकी छिन् । उनी सोही स्थानमा रहेको अछेरीया खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकोमा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा उक्त स्थानदेखि २ सय मिटर टाढा खोलामा शव फेला परेको हो ।

यस्तै धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ मालिङगास्थित त्रिशुली नदीको किनारमा निलकण्ठ नगरपालिका-४ बस्ने ४७ वर्षीय बिण्णुराज सिंह ठकुरीको डुबटर मृत भएको अवस्थामा शव फेला परेको छ ।

यसैगरि दैलेख डुङगेश्वर गाउँपालिका-६ डुँग्रीघाट बस्ने ३५ वर्षीय करन बि.क. सोही स्थानमा रहेको लोहोरे खोलामा नुहाउन क्रममा डुबेर मृत्यु भएको छ ।

यसैगरी नवलपरासी(सुस्ता पूर्व) देवचुली नगरपालिका‍-१ केउरेनीस्थित माछा पोखरीमा डुबेर अचेत भएका सोही स्थान बस्ने ५८ वर्षीय तेजबहादुर बोटेको देवचुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org