ताजा समाचार

कान्छो जिल्ला रुकुम पुर्बका जनताले कहिले पाउँछन संघियताको मर्म अनुभुत गर्न: सांसद कमला रोका

काठमाडाैँ ४,असोज । प्रतिनिधि सभा बैठक को बिशेष समयमा बोल्दै रुकुम पुर्ब बाट निर्वाचित  प्रतिनिधि सभा संसदमा कमला रोका मगरले   कान्छो जिल्ला रुकुम का प्रशासनिक तथा भाैतिक संरचना बिकासको लागि सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउनु भएको छ ।

राज्य पुण:संरचना को क्रममा संघियताले जन्माएको कान्छो जिल्ला रुकुम जुन किसिमको संघर्ष बाट रुकुम जिल्ला जन्मियो । नयाँ जिल्लामा स्थापना भएपछि जिल्लामा नयाँ संरचना जुन गति मा स्थापना हुनु पर्ने हो ,हुन नसक्दा संघियता को मर्म कहिले अनुभुत गर्न पाउने भनेर रुक्मेलि जनता पश्न चिन्ह खडा गर्न थालेका छन ।

नयाँ जिल्ला स्थापना भए देखि जिल्ला स्तरका सम्पुर्ण कार्यलय स्थापना हुनु पर्ने त्यसो हुन सकेको छैन । स्थापना भएका कार्यालय पनि अधिकार सम्मन्न छैनन्। नयाँ जिल्ला  प्रशासनिक क्षेत्र सञ्चालनका लागि सम्बन्धित मन्त्रालय जुन किसिमको तदारुक्ता देखाउन नसकेको भन्दै प्रतिनिधि सभाको बैठकबाट  मन्त्रालय लाइ ध्यानाकर्षण गराउनु भयो ।

नयाँ जिल्ला मा ५० शैयाको क्षमता भएको जिल्ला अस्पताल स्थापनाको लागि मन्त्रीपरिषदको बैठकले निर्णय गरेको ८ महिना बितिसक्दा पनि सम्बन्धित मन्त्रालय बेखबर छ, सिङगो जिल्ला स्वास्थ चाैकि को भरमा चलिरहेको छ । आज सम्म प्रशासनिक व्यवस्थापनमा हुन नसक्दा जिल्लाका स्थानिय तहका २३वटा वडामा वडा सचिब को पद रिक्त छ ,१० स्वास्थ संस्थामा अहेब को पद रिक्त छ ।

त्यसैले प्रसाशनिक कामकाजमा रुक्मेलि जनता सास्ती बेहोर्न बाध्य छन ।

नयाँ जिल्लालाई प्रशासनिक व्यवस्थापन र भाैतिक संरचना निर्माणका लागि सम्बन्धित मन्त्रालयलाई प्रतिनिधि सभा बैठक बाट ध्यानाकर्षण गराउनु भयो ।

हेर्नुहोस भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org