ताजा समाचार

बढुवा भएका तीन एआइजीलाई आइजिपीद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैँ ७,असोज । बढुवा भएका तीन जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आइजिपी सर्वेन्द्र खनालले बढुवा भएका एआइजीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार बढुवा हुनेमा पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यात छन्। बढुवा भएपछि कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गतको अपराध अनुसन्धान विभाग, राईको प्रशासन तथा मानव स्रोत साधन विभाग र बस्न्यातको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पदस्थापन गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org