ताजा समाचार

गंगामायाका छोरा नुरप्रसादले पाटन अदालतमै मच्चाए हंगामा,इजलास अधिकृतमाथि गरे कुर्सि प्रहार

काठमाडाैँ ८,असोज ।  अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा तोडफोड गरेका छन् । उनले आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि आइतबार साँझ इजलास अधिकृत रोशन बस्नेतमाथि कुर्सि प्रहार गर्दै अदालतमा तोडफोड गरेका हुन् ।

उच्च अदालत पाटन श्रोतका अनुसार नुरप्रसादले ललितपुरकी विन्दु घतानीको घरजग्गासम्बन्धी मुद्दा जिम्मा लिँदै आएका थिए । ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए । तर उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले जिल्लाकै फैसला सदर गरिदिएपछि उनी आक्रमणमा उत्रिएका हुन् ।

अदालती श्रोतका अनुसार, मुद्दा हारेपछि नुरप्रसादले हिजो साँझ पौने ५ बजेतिर इजलास अधिकृतमाथि कुर्सी प्रहार गरेका हुन्, । प्रहारबाट कुर्सी झ्यालमा ठोक्किएर सिसा फुटेका छन् । साथै नुरप्रसादले अदालतका कम्प्युटर, दराजलगायतका सामान पनि तोडफोड गरेका छन् ।

घटनालगत्तै नुरप्रसादसहित मुद्दाकी वादी विन्दु घतानीलाई पनि प्रहरीले पक्राउ गरेको छ । अहिले उनीहरु जावलाखेल प्रहरीको नियन्त्रणमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org