ताजा समाचार

दसैँको लागि अग्रिम टिकट बुकिङ भोलिदेखि समितिले पनि खोल्ने

काठमाडाैँ ८,असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँको अग्रिम टिकट खोल्ने भएको छ।

महासंघको आज बसेको बैठकले भोलि (मंगलबार)देखि अग्रिम टिकट खोल्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

यसअघि यातायात व्यवसायीले ५ गतेदेखि टिकट बुकिङ खोल्न सहमति जनाए पनि इन्धनको भाउ बढेपछि भाडा समायोजन गर्नुपर्ने भन्दै बुकिङ रोकेका थिए।

व्यवसायीको दबाबपछि सरकारले तत्काल १० प्रतिशत भाडा बढाउने र मंसिरसम्म भाडादर समायोजन गर्ने निर्णय गरेसँगै उनीहरू टिकट बुकिङ खोल्न राजी भएका हुन्।

महासंघ टिकट बुकिङ खोल्न राजी भए पनि बढेको भाडाको लिस्ट नआएको भन्दै बुकिङ खुलेको थिएन।

आइतबार साँझ यातायात व्यवस्था विभागले नयाँ भाडादर निर्धारण गरेपछि महासंघको आज बसेको बैठकले भोलिदेखि टिकट बुकिङ खोल्ने निर्णय गरेको हो।

यो पनि हेर्नुहोस्

दशैंमा घर जादै हुनुहुन्छ,जानि राख्नुहोस् कहाँ कति लाग्छ नयांँ भाडादर (नयाँ भाडा सूचीसहित)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org