ताजा समाचार

नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेकपामा प्रवेश

काठमाडाैँ ९्असोज । नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाहाललाई पार्टीमा प्रवेश गराएका हुन्। उनलाई नेकपा महासचिव विष्णु पौडेल लगायतले स्वागत गरे।

टेलिभिजनको सञ्चालक समिति अध्यक्षबाट केही महिनाअघि राजीनामा दिएका दाहाल कांग्रेसको कोटाबाट सञ्चालक समिति अध्यक्ष भएका थिए। सञ्चालक समिति अध्यक्ष भए पनि कार्यकारी अधिकार प्रयोग गर्न पाएका थिए।

तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजालले दाहाललाई अध्यक्षमा नियुक्त गरेका थिए। दाहाललाई पछि माओवादी केन्द्रबाट मन्त्री बनेका राम कार्कीले कार्यकाल थप गरिदिएका थिए। कार्कीले माओवादी कोटाबाट सचिन रोकालाई महाप्रबन्धकमा नियुक्ति दिँदै दाहालको कार्यकाल थप गरेका थिए।

वर्तमान सरकार गठन भएसँगै दाहालले राजीनामा दिएका थिए। दाहालको राजीनामापछि अध्यक्षमा महेन्द्र विष्टलाई नियुक्त गरिएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org