ताजा समाचार

नगरपालिकाले अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयद्वारा राजमार्गमा अवरोध

बनेपा १५, असोज। बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा तनाव सिर्जना भएको छ ।

नगरपालिकाले अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गरेका छन् ।

राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सन्चालक स्थानीय र प्रहरीबीच झडप भएको छ । नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको थियो ।

घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्याल्य भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । स्थानीयले भने दशैंसम्म घरटहरा नहटाउन माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org