शैक्षिक सामग्री प्रदर्शनी गरेर शिक्षण विधि सञ्चालन
म्याग्दी । सिकाइ उपलब्धि वृिद्धका लागि म्याग्दी रघुगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएका छन् ।
रघुगङ्गाको झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका १८ वटा विद्यालयमा पढ्ने र पढाउने तरिका भिन्नै छ । शिक्षकशिक्षिकाले भन्ने र विद्यार्थीले सुन्ने शिक्षण तरिका मात्रै यहाँका विद्यालयमा छैन । कक्षाकोठाभित्र टाँगिएका शैक्षिक सामग्री हेर्दै पढ्ने र सिक्ने तरिका अपनाइएको अमर मावि पाखापानीका प्राधनाध्यापक युकुमार गर्बुजाले बताउनुभयो ।
कक्षाकोठा शैक्षिक सामग्रीले सजिएका छन् । विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । कक्षाकोठाको वातावरण रमाइलो बनाएर बालबालिकाको सिकाइलाई सुधार गर्ने उद्देश्यले आधारभूत तहसम्मका कक्षा कोठाका भित्ता, झ्यालदेखिबीच भागमा रसी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, बाक्यहरु लेखेर झुण्डाइएको छ ।
शिक्षक र विद्यार्थी मिलेर कक्षा कोठामा पाठको सन्र्दश अनुसारका सहयोगी शैक्षिक सामग्री तयार गरेर प्रदर्शन गर्छन् । यसले शिक्षक र विद्यार्थी दुबैमा सिर्जनशीलताको विकास भएको अमर माविका स्रोत व्यक्ति बालकृष्ण पौडेलले बताउनुभयो ।
पूर्वप्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई गीत, नृत्य र खेलकूदको माध्यमबाट पढाउने गरिन्छ । गित, सङ्गित र खेल खेलाएर पढाउँदा साना बालबालिका पढाइप्रति उत्साहित हुने गरेका छन् । शिक्षक, शिक्षिका र विद्यार्थीसँगै नाचगान र खेलेर पठनपाठन गराउँदा वातावरण रमाइलो हुने गरेको महेन्द्र मावि झिँका प्रअ याम शेरपुञ्जाले बताउनुभयो ।
विद्यार्थीले नबुझेको र बिर्सिएको कुनै विषयमा कक्षा कोठामा प्रदर्शन गरिएको सामग्रीबाटै सिक्ने अवसर पाएका छन् । शैक्षिक सामग्रीको निर्माण र प्रयोगका सम्बन्धमा नेपाल भिलेज इनिसियटिभ एशोसिएसन ९एनभिआई० अस्टे«लियाको सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन ९लर्न० संस्थाले शिक्षकलाई तालीम दिँदै आएको संस्थाका कार्यकारी निर्देशक कृष्ण तिलीजाले जानकारी दिनुभयो ।
यसअघि बालमैत्री शिक्षण विधि लागू गरिएका अन्नपूर्णका सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा पाँचदेखि १४ प्रतिशत वृद्धि भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । रघुगङ्गाको बेग, भगवती, पिप्ले र दग्नामका विद्यालयमा पनि परियोजना विस्तारको तयारी गरिएको छ ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












