अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ। आयोगले बिहीबार, २०८३ असोज २९ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो।
आयोगका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ निवासी पुन मगरले एबी राई अर्थात् आङबाबु राईको नामबाट नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) बताउने एक व्यक्तिविरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीमा सहकारीबाट लिएको ऋण फिर्ता माग्दा आफू डीआईजी भएको भन्दै उजुरी मिलाइदिने आश्वासन दिएर रकम लिएको र धम्कीसमेत दिएको आरोप लगाइएको थियो।
उजुरीमा ती व्यक्तिले ४० लाख रुपैयाँमध्ये १५ लाख रुपैयाँ नगद लिएको र बाँकी रकमका लागि आफ्नी कान्छी श्रीमतीको नाममा चेकसमेत लिएको उल्लेख थियो। सोही विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गर्दै अख्तियारमा उजुरी परेको थियो।
तर, आयोगले उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उजुरीकर्ता भनिएका आङबाबु राईले आफूले उक्त उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षरसमेत आफ्नो नभएको बताएका थिए। यसपछि आयोगले उजुरीको वास्तविकताबारे थप अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पुन मगरले २०८३ असार १७ गते आयोगसमक्ष दिएको बयानमा आङबाबु राईको नामबाट आफूले नै उजुरी दर्ता गराएको स्वीकार गरेका थिए। आयोगका अनुसार सम्बन्धित व्यक्तिको जानकारी तथा स्वीकृतिबिना उनको नाम र हस्ताक्षर प्रयोग गरी उजुरी दर्ता गरिएको खुलेको हो।
त्यस्तै, अनुसन्धानका क्रममा दीपक पुन मगर र आङबाबु राई दुवैले उजुरीमा उल्लेख भएजस्तो कुनै घटना नभएको, कसैले धम्की नदिएको तथा मुद्दा मिलाइदिने भन्दै रकमसमेत नमागिएको बयान दिएका थिए।
आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी सम्बन्धित व्यक्तिलाई दुःख तथा हैरानी दिने बदनियतले झुट्टा उजुरी दिएको निष्कर्ष निकालेको छ। सोही आधारमा पुन मगरलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम दुई हजार रुपैयाँ जरिवाना गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले झुट्टा उजुरी दिएको तथ्य पुष्टि भएपछि जरिवाना गरिएको जानकारी दिएका छन्।
यस घटनाले सार्वजनिक निकायमा उजुरी दिँदा सही विवरण, वास्तविक उजुरीकर्ता र प्रमाणको महत्त्वलाई पुनः उजागर गरेको छ। उजुरी दिने अधिकारको दुरुपयोग गर्दै अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा विवरण पेस गर्नु कानुनी कारबाहीको विषय बन्न सक्ने आयोगको निर्णयले देखाएको छ।
Comments
अरु समाचार
-
राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी नेपाल आउँदै, स्वागतका लागि भव्य तयारी…
काठमाडौं। राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी कार्तिक २४ गते नेपाल आउने भएका छन्। उनी रुपन्देहीको सेमरहवामा रहेको आफ्नै सत्संग परिसरमा...
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...













