पुस ५ गतेदेखि भृकुटीमण्डपमा पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ लाग्दै
काठमाडौं । नेपाल उद्यमशील महिला महासंघको आयोजनामा आगामी पुस ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल उद्यमशील महिला महासंघले पत्रकार सम्मेलन गरेर घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस ५ गतेदेखि ९ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा मेलाको आयोजना गर्न लागिएको महासंघकी अध्यक्ष देविका बुढाथोकीले जानकारी दिएकी छिन् ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले उद्घाटन गर्ने मेलामा सातै प्रदेशका महिला उद्यमीको उपस्थिति रहने अध्यक्ष बुढाथोकीले बताइन । उनले भनिन्,‘उक्त मेलामा सातै प्रदेशमा रहेर स्थानीय उत्पादनमा सक्रिय रहेका महिला उद्यमीहरुको उपस्थिति रहनेछ, स्थानीय स्तरमा रहेर उत्पादन क्षेत्रमा क्रियाशील रहेका महिलाहरुको सहभागितामा सम्पन्न हुने मेलामा स्थानीय उत्पादनको प्रदर्शन गरिनेछ, केही समय पहिले चीनमा घाँसबाट बनेको झोलाको माग भएको थियो, हामीले त्यो सामान उपलब्ध गराउन सकेनौं, भनेजति साम्रगी उपलब्ध गराउन नसकेको स्थितिमा स्थानीय स्रोत साधानको प्रयोग गरि निर्माण गरिएका सम्भावित कच्चापदार्थबाट निर्मित साम्रगीहरुको बजार विस्तार गर्ने र उक्त मेलामा चीनमा अपुग भएका सामग्रीहरु संकलन गरि परिपुर्ति गर्ने लक्ष्य लिएकाछौं ।’
अध्यक्ष बुढाथोकीले भनिन्,‘हामीले ग्रामीण भेगका महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने कुरामा नेपाल सरकारका विभिन्न तह र तप्कालाई यस कार्यक्रममा साथ दिन अनुरोध गरेका छौं, यसै अनुसार कतिपय जिल्ला र प्रदेशमा हाम्रा कार्यक्रम सुचारु छन र अझ बृहत रुपमा कसरी जान सकिन्छ भन्ने कुरामा एकपटक नेपाल उद्यमशील महिला महासंघले आफ्नै आयोजनामा देशभरका ७७ वटै जिल्लाका महिला उद्यमीहरुलाई एकै ठाउँमा आफ्ना जिल्ला र गाउँका उत्पादनलाइ प्रदर्शन गर्ने जमर्को गरेका छौं ।’
उनले अघि थपिन,‘मेलामा अवलोकन गरेर देशमा महिला उद्यमीहरुका समस्याको पहिचान, समाधान र आगामी आर्थिक वृद्धिको पाटो कसरी सहज बनाउन सकिन्छ ? भन्ने कुरामा सवै मेलाका प्रतिनिधीहरुको अन्तक्रिया गरी देशको विकासमा आ–आफ्नो स्थानबाट सहयोगको अपेक्षा गरेका छौं ।’ अध्यक्ष बुढाथोकीले मेलाको विभन्नि लक्ष्य रहेको बताउँदै उनले भनिन्,‘चेम्वरहरु तथा महिला उद्यमीले सञ्चालन गरेका विभिन्न उद्योगहरुको प्रदर्र्शन तथा विक्रि कक्षहरु रहने छन् ।’
कार्यक्रममा महासंघकी वरिष्ठ उपाध्यक्ष विना तामाङ, महासचिव राधा कार्की, सदस्यहरु पार्वता कुमारी गौतम, बविना श्रेष्ठ, जिल्ला अध्यक्ष यशोदा कायस्थ, सदस्य मीना घिमिरे लगायतको उपस्थिति रहेको थियो भने गंगा लक्ष्मी अवालले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












