पुस ५ गतेदेखि भृकुटीमण्डपमा पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ लाग्दै
काठमाडौं । नेपाल उद्यमशील महिला महासंघको आयोजनामा आगामी पुस ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल उद्यमशील महिला महासंघले पत्रकार सम्मेलन गरेर घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस ५ गतेदेखि ९ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा मेलाको आयोजना गर्न लागिएको महासंघकी अध्यक्ष देविका बुढाथोकीले जानकारी दिएकी छिन् ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले उद्घाटन गर्ने मेलामा सातै प्रदेशका महिला उद्यमीको उपस्थिति रहने अध्यक्ष बुढाथोकीले बताइन । उनले भनिन्,‘उक्त मेलामा सातै प्रदेशमा रहेर स्थानीय उत्पादनमा सक्रिय रहेका महिला उद्यमीहरुको उपस्थिति रहनेछ, स्थानीय स्तरमा रहेर उत्पादन क्षेत्रमा क्रियाशील रहेका महिलाहरुको सहभागितामा सम्पन्न हुने मेलामा स्थानीय उत्पादनको प्रदर्शन गरिनेछ, केही समय पहिले चीनमा घाँसबाट बनेको झोलाको माग भएको थियो, हामीले त्यो सामान उपलब्ध गराउन सकेनौं, भनेजति साम्रगी उपलब्ध गराउन नसकेको स्थितिमा स्थानीय स्रोत साधानको प्रयोग गरि निर्माण गरिएका सम्भावित कच्चापदार्थबाट निर्मित साम्रगीहरुको बजार विस्तार गर्ने र उक्त मेलामा चीनमा अपुग भएका सामग्रीहरु संकलन गरि परिपुर्ति गर्ने लक्ष्य लिएकाछौं ।’
अध्यक्ष बुढाथोकीले भनिन्,‘हामीले ग्रामीण भेगका महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने कुरामा नेपाल सरकारका विभिन्न तह र तप्कालाई यस कार्यक्रममा साथ दिन अनुरोध गरेका छौं, यसै अनुसार कतिपय जिल्ला र प्रदेशमा हाम्रा कार्यक्रम सुचारु छन र अझ बृहत रुपमा कसरी जान सकिन्छ भन्ने कुरामा एकपटक नेपाल उद्यमशील महिला महासंघले आफ्नै आयोजनामा देशभरका ७७ वटै जिल्लाका महिला उद्यमीहरुलाई एकै ठाउँमा आफ्ना जिल्ला र गाउँका उत्पादनलाइ प्रदर्शन गर्ने जमर्को गरेका छौं ।’
उनले अघि थपिन,‘मेलामा अवलोकन गरेर देशमा महिला उद्यमीहरुका समस्याको पहिचान, समाधान र आगामी आर्थिक वृद्धिको पाटो कसरी सहज बनाउन सकिन्छ ? भन्ने कुरामा सवै मेलाका प्रतिनिधीहरुको अन्तक्रिया गरी देशको विकासमा आ–आफ्नो स्थानबाट सहयोगको अपेक्षा गरेका छौं ।’ अध्यक्ष बुढाथोकीले मेलाको विभन्नि लक्ष्य रहेको बताउँदै उनले भनिन्,‘चेम्वरहरु तथा महिला उद्यमीले सञ्चालन गरेका विभिन्न उद्योगहरुको प्रदर्र्शन तथा विक्रि कक्षहरु रहने छन् ।’
कार्यक्रममा महासंघकी वरिष्ठ उपाध्यक्ष विना तामाङ, महासचिव राधा कार्की, सदस्यहरु पार्वता कुमारी गौतम, बविना श्रेष्ठ, जिल्ला अध्यक्ष यशोदा कायस्थ, सदस्य मीना घिमिरे लगायतको उपस्थिति रहेको थियो भने गंगा लक्ष्मी अवालले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












