कृषि मेला प्रदर्शनी सम्पन्न, उत्कृष्ट २१ किसान पुरस्कृत
खोटाङ । लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलबजारमा शनिबार सम्पन्न दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, माछा, तेलहन/दलहन/नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसान छनोट गरेर पुरस्कृत गरिएको हो ।
जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले आयोजित कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा खाद्यान्न बालीमा याम्खाका झमक अधिकारी पहिलो, दिक्तेलका अम्बिका आचार्य दोस्रो, सोल्माका यामकुमार श्रेष्ठले तेस्रो, फलफूलतर्फ याम्खाका रामबहादुर कुँवर पहिलो, विजयखर्कका जीवराज पोखरेल दोस्रो र बुइपाका सुमन राई तेस्रो, आलु बालीतर्फ खाल्लेका केदार कटवाल पहिलो, खाल्लेकै उषा राई दोस्रो र दिक्तेलका विकास आचार्यले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, माछा समूहमा सोल्माका पेशल कार्की पहिलो, नेर्पाका दुर्गाप्रसाद रिजाल दोस्रो र राम बजगाईं तेस्रो, तरकारी बाली समूहमा दिक्तेलकी खिनमाया आचार्य पहिलो, याम्खाका सुरज कँुवर दोस्रो र बाम्राङका शान्तिनारायण जोशी तेस्रो, दलहन÷तेलहन तथा नगदे बालीतर्फ निर्मलीडाँडाका लीलाप्रसाद आचार्य पहिलो, दिक्तेलका उमेशचन्द्र आचार्य दोस्रो र दिक्तेलकै गोमा आचार्य तेस्रो, विविध समूहमा बुइपाका नन्दप्रसाद घिमिरे पहिलो, बाम्राङका कमल खत्री दोस्रो र पाथेकाका देउकुमार राई तेस्रो भएका छन् ।
अर्गानिक कृषि उपज उत्पादन एवं बजारीकरणका लागि शुक्रबार र शनिबार आयोजना दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरिएको प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा पहिलो, दोस्रो र तेस्रो भएका किसानलाई क्रमशः जनही रु चार हजार, तीन हजार र दुई हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । प्रदर्शनीका उत्कृष्ट किसानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राईलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार अदुवाका पिता मानिने अगुवा किसान राईलाई नगद रु २५ हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ । सुरमानलाई जिल्लामा अदुवा बुढाको नामले चिनिन्छ ।
कृषि व्यवसायको सम्मान र प्रोत्साहनका लागि जिल्लामा विगत विसं २०६५ देखि सञ्चालन हुँदै आएको बृहत कृषि मेला एवं औधोगिक प्रदर्शनीकै निरन्तरता स्वरुप कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी गरिएको हो । प्रदर्शनीको आयोजना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति, सवल परियोजना, शुभम् फाउण्डेशन, बालसेवा समाजलगायतको संयुक्त सहकार्यमा गरिएको हो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












