कृषि मेला प्रदर्शनी सम्पन्न, उत्कृष्ट २१ किसान पुरस्कृत
खोटाङ । लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलबजारमा शनिबार सम्पन्न दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, माछा, तेलहन/दलहन/नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसान छनोट गरेर पुरस्कृत गरिएको हो ।
जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले आयोजित कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा खाद्यान्न बालीमा याम्खाका झमक अधिकारी पहिलो, दिक्तेलका अम्बिका आचार्य दोस्रो, सोल्माका यामकुमार श्रेष्ठले तेस्रो, फलफूलतर्फ याम्खाका रामबहादुर कुँवर पहिलो, विजयखर्कका जीवराज पोखरेल दोस्रो र बुइपाका सुमन राई तेस्रो, आलु बालीतर्फ खाल्लेका केदार कटवाल पहिलो, खाल्लेकै उषा राई दोस्रो र दिक्तेलका विकास आचार्यले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, माछा समूहमा सोल्माका पेशल कार्की पहिलो, नेर्पाका दुर्गाप्रसाद रिजाल दोस्रो र राम बजगाईं तेस्रो, तरकारी बाली समूहमा दिक्तेलकी खिनमाया आचार्य पहिलो, याम्खाका सुरज कँुवर दोस्रो र बाम्राङका शान्तिनारायण जोशी तेस्रो, दलहन÷तेलहन तथा नगदे बालीतर्फ निर्मलीडाँडाका लीलाप्रसाद आचार्य पहिलो, दिक्तेलका उमेशचन्द्र आचार्य दोस्रो र दिक्तेलकै गोमा आचार्य तेस्रो, विविध समूहमा बुइपाका नन्दप्रसाद घिमिरे पहिलो, बाम्राङका कमल खत्री दोस्रो र पाथेकाका देउकुमार राई तेस्रो भएका छन् ।
अर्गानिक कृषि उपज उत्पादन एवं बजारीकरणका लागि शुक्रबार र शनिबार आयोजना दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरिएको प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा पहिलो, दोस्रो र तेस्रो भएका किसानलाई क्रमशः जनही रु चार हजार, तीन हजार र दुई हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । प्रदर्शनीका उत्कृष्ट किसानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राईलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार अदुवाका पिता मानिने अगुवा किसान राईलाई नगद रु २५ हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ । सुरमानलाई जिल्लामा अदुवा बुढाको नामले चिनिन्छ ।
कृषि व्यवसायको सम्मान र प्रोत्साहनका लागि जिल्लामा विगत विसं २०६५ देखि सञ्चालन हुँदै आएको बृहत कृषि मेला एवं औधोगिक प्रदर्शनीकै निरन्तरता स्वरुप कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी गरिएको हो । प्रदर्शनीको आयोजना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति, सवल परियोजना, शुभम् फाउण्डेशन, बालसेवा समाजलगायतको संयुक्त सहकार्यमा गरिएको हो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












