घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य दुई–दुई रुपैयाँ घटाएको छ । बुधबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन भएको निगमले जनाएको छ ।
समायोजित मूल्यअनुसार अब काठमाडौंमा प्रतिलिटर पेट्रोलको १ सय ८ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको ९६ रुपैयाँ मूल्य तोकिएको छ । तर, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै हेरफेर नभएको निगमले प्रस्ट पारेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएपछि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य घटाई समायोजन गरेको निगमले बताएको छ । यस्तै, अमेरिकी डलरसँग नेपालको मुद्रा केही बलियो भएकोले पनि मूल्य घटेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
भारतमा भन्दा नेपालमा सस्तो
निगमका अनुसार समायोजनपछि भारतको रक्सौलमा भन्दा नेपालको वीरगन्ज सीमामा पेट्रोल प्रतिलिटर १० रुपैयाँ ४१ पैसा र डिजेल प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा सस्तो पर्नेछ ।
चालु आर्थिक वर्षमा केही महिनापहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगी निगमलाई अत्यधिक घाटा भएको थियो । तर, पछिल्लोे १५ दिनमा भने निगमलाई नाफा भएको छ ।
पछिल्लो नाफा मिलाउँदासमेत निगमलाई अझै करिब २ अर्ब ३७ करोड घाटा रहेको निगमले बताएको छ ।
बिहीबारदेखि लागू हुने नयाँ मूल्य समायोजनपछि निगमलाई पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा छ । तर, खाना पकाउने एलपी ग्याँसमा अझै प्रतिसिलिन्डर ८० रुपैयाँ ६९ पैसा घाटा रहेको निगमका प्रवक्ता गोइतले जानकारी दिए ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












