व्यापार विस्तारमा एनआइसी एशियाको छलाङ
काठमाडौं। व्यापार विस्तारमा नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक भन्दा एनआइसी एशिया बैंक अगाडी देखिएको छ । यद्यपी नाफामा केही तल रहेको छ ।
नाफाको हिसावले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि देखिए पनि व्याज आम्दानीका हिसावले एनआईसी एशिया माथि आएको छ।
नबिलको व्याज आम्दानी ७ अर्ब ३२ करोड रुपैयाँ छ भने एनआईसीको ९ अर्ब रुपैयाँ नाघेको छ। तर ब्याज खर्च अधिक हुँदा एनआईसी एशिया पछाडि परेको छ।
तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ६ महिनामा नबिल बैंकले सबैभन्दा धेरै नाफा गरेको छ । उसले २ अर्ब १७ करोड रुपैयाँ नाफा गरेको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ९७ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको यहि अवधिमा नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफाको अन्तर ७ करोड रुपैयाँ मात्रै थियो। यो वर्ष भने नबिल २० करोड १२ लाख रुपैयाँले अगाडि छ।
शाखा विस्तारमा एनआईसी एसियाले सबैलाई उछिनिसकेको छ। निक्षेप र ऋण लगानीमा आक्रामक देखिएको एनआईसी एशियाको व्यवस्थापन खर्च उच्च भएकाले नाफामा तल परेको हो ।
तीन बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै एनआईसी एशियाको निक्षेप संकलन एक खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ। एनआईसीको तुलनामा निक्षेप संकलन नबिल बैंकको २६ अर्ब ३८ करोड रुपैयाँले कम छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँग एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप छ।
ऋण लगानीका हिसावले एनआईसी एशिया १८ अर्ब ५९ करोड रुपैयाँले अगाडि छ। एनआईसीको ऋण लगानी एक खर्ब ४९ अर्ब रुपैयाँ छ भने नबिलको एक खर्ब ३० अर्ब रुपैयाँ छ।
यस्तै एनआइसी एशियाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सबैभन्दा धेरै ९ अर्ब ६५ करोड ब्याज आम्दानी गरेको छ । इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ६० करोड र नवील बैंकले ७ अर्ब ३० करोड मात्र ब्याज आम्दानी गरेका छन् ।
तर, महंगोमा निक्षेप उठाउने बाध्यताले एनआइसी एशियाको लागत समेत उच्च देखिएको छ । उसको ब्याज खर्च ६ अर्ब ४ करोड रहेको हो ।
उच्च ब्याज खर्चकै कारण खूद ब्याज आम्दानीमा एनआइसी एशिया दोश्रो नम्बरमा छ । पहिलो नम्बरमा नवील बैंक छ ।
यसैगरी, वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फको बढोत्तरीमा एनआइसी एशिया सबैभन्दा अगाडि छ । उसको प्रगति १४०.३१ प्रतिशतको छ । अघिल्लो वर्ष यही अवधिमा १४.२४ रुपैयाँमा सीमित इपीएसलाई बढाएर एनआइसी एशियाले ३४.२२ रुपैयाँको उचाई चुमाएको छ ।
सबैभन्दा बढी इपीएस भएका वाणिज्य बैंकको टप फाइभको सूचिमा एनआइसी एशिया तेश्रो स्थानमा उक्लिएको छ । इपीएसतर्फको बढोत्तरीमा नम्बर वान हुनु र समग्रतामा तेश्रो स्थानमा उक्लिनु एनआइसी एशियाको सुखद पक्ष हो ।
इपीएसमा एनआइसी एशियाभन्दा अगाडि नवील र एभरेष्ट बैंक छन् । इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक पछाडि परेका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












