व्यापार विस्तारमा एनआइसी एशियाको छलाङ
काठमाडौं। व्यापार विस्तारमा नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक भन्दा एनआइसी एशिया बैंक अगाडी देखिएको छ । यद्यपी नाफामा केही तल रहेको छ ।
नाफाको हिसावले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि देखिए पनि व्याज आम्दानीका हिसावले एनआईसी एशिया माथि आएको छ।
नबिलको व्याज आम्दानी ७ अर्ब ३२ करोड रुपैयाँ छ भने एनआईसीको ९ अर्ब रुपैयाँ नाघेको छ। तर ब्याज खर्च अधिक हुँदा एनआईसी एशिया पछाडि परेको छ।
तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ६ महिनामा नबिल बैंकले सबैभन्दा धेरै नाफा गरेको छ । उसले २ अर्ब १७ करोड रुपैयाँ नाफा गरेको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ९७ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको यहि अवधिमा नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफाको अन्तर ७ करोड रुपैयाँ मात्रै थियो। यो वर्ष भने नबिल २० करोड १२ लाख रुपैयाँले अगाडि छ।
शाखा विस्तारमा एनआईसी एसियाले सबैलाई उछिनिसकेको छ। निक्षेप र ऋण लगानीमा आक्रामक देखिएको एनआईसी एशियाको व्यवस्थापन खर्च उच्च भएकाले नाफामा तल परेको हो ।
तीन बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै एनआईसी एशियाको निक्षेप संकलन एक खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ। एनआईसीको तुलनामा निक्षेप संकलन नबिल बैंकको २६ अर्ब ३८ करोड रुपैयाँले कम छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँग एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप छ।
ऋण लगानीका हिसावले एनआईसी एशिया १८ अर्ब ५९ करोड रुपैयाँले अगाडि छ। एनआईसीको ऋण लगानी एक खर्ब ४९ अर्ब रुपैयाँ छ भने नबिलको एक खर्ब ३० अर्ब रुपैयाँ छ।
यस्तै एनआइसी एशियाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सबैभन्दा धेरै ९ अर्ब ६५ करोड ब्याज आम्दानी गरेको छ । इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ६० करोड र नवील बैंकले ७ अर्ब ३० करोड मात्र ब्याज आम्दानी गरेका छन् ।
तर, महंगोमा निक्षेप उठाउने बाध्यताले एनआइसी एशियाको लागत समेत उच्च देखिएको छ । उसको ब्याज खर्च ६ अर्ब ४ करोड रहेको हो ।
उच्च ब्याज खर्चकै कारण खूद ब्याज आम्दानीमा एनआइसी एशिया दोश्रो नम्बरमा छ । पहिलो नम्बरमा नवील बैंक छ ।
यसैगरी, वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फको बढोत्तरीमा एनआइसी एशिया सबैभन्दा अगाडि छ । उसको प्रगति १४०.३१ प्रतिशतको छ । अघिल्लो वर्ष यही अवधिमा १४.२४ रुपैयाँमा सीमित इपीएसलाई बढाएर एनआइसी एशियाले ३४.२२ रुपैयाँको उचाई चुमाएको छ ।
सबैभन्दा बढी इपीएस भएका वाणिज्य बैंकको टप फाइभको सूचिमा एनआइसी एशिया तेश्रो स्थानमा उक्लिएको छ । इपीएसतर्फको बढोत्तरीमा नम्बर वान हुनु र समग्रतामा तेश्रो स्थानमा उक्लिनु एनआइसी एशियाको सुखद पक्ष हो ।
इपीएसमा एनआइसी एशियाभन्दा अगाडि नवील र एभरेष्ट बैंक छन् । इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक पछाडि परेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












