रक्षामन्त्री पोखरेलपछि प्रचण्डलाई भीम रावलको चेतावनी, के एक्लिएकै हुन त प्रचण्ड ?
काठमाडाैं । नेकपाका प्रभावशाली नेता तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टीमा विवादका श्रृङखला बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रचण्डलाई इङ्गित गर्दै सरकारबारे सार्वजनिक रुपमा टिका टिप्पणी गर्दा पार्टी नै विभाजनमा पुगेको तितो यथार्त भएको हुनाले संयमित हुन आग्रह गरेका छन् । नेता रावलले विवाद भन्दा बैठकबाट विवाद टुंग्याउने र पार्टी एकीकरणको काम पुरा गरे फाइदा हुने जनाएका छन् ।
उनले सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै लेखेका छन, ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुध्दिमानी कार्य ठहरिने छ ।’
प्रचण्डका विरुद्ध अभिव्यक्ति दिने पूर्वएमालेका नेता मध्ये उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलपछि उनी दोश्रो नेता भएका छन् । तर, पूर्वमाओवादीका कुनैपनि नेताले प्रचण्डको पक्ष र प्रधानमन्त्री ओलीको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । म
पूर्वएमालेका नेताहरुले प्रचण्डको अभिव्यक्तिमाथि कडा जवाफ फर्काउदै गएपनि पूर्वमाओवादीका नेताहरु भने चुप बसेका छन् । प्रचण्डमाथि माथिल्लो तहका नेताहरुले घुमाउरो टिप्प|णी गर्दा समेत पूर्वमाओवादीका नेता कार्यकर्ता माैन बस्नुले उनीहरुमाथि शंकाको वातावरण सिर्जना भएको प्रचण्ड निकट स्रोतको दावी छ ।
रावलको ट्विट जस्ताको तस्तैः
विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत अाएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुध्दिमानी कार्य ठहरिने छ ।
— Bhim Rawal (@BhimRawal179) February 9, 2019
Comments
अरु समाचार
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...
-
प्रतिनिधिसभा बैठक: अख्तियारको प्रतिवेदनदेखि राष्ट्र बैंक विधेयकसम्म प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न वार्षिक प्रतिवेदन तथा विधेयकहरू...












