न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको विषयलाई लिएर महाभियोग लगाउने कुरा गलत र प्रतिशोधपूर्ण हुने बताएका छन्।
उनले न्यायाधीशहरूको उक्त भेटलाई व्यक्तिगत स्वार्थ वा आर्थिक लेनदेनसँग जोडेर हेर्न नहुने तर्क गरेका छन्।
न्यूज नेपालसँगको कुराकानीमा अध्यक्ष मिश्रले न्यायाधीशहरू कुनै मुद्दाको सेटिङ गर्न नभई आफूहरूलाई निरन्तर दबाब दिइरहेका व्यक्तिहरूको वास्तविकता बुझ्ने उद्देश्यले भेट्न गएको दाबी गरे। उनका अनुसार, न्यायालयमाथि विभिन्न पक्षबाट दबाब सिर्जना भइरहेको अवस्थामा त्यस्ता व्यक्तिको पहिचान र गतिविधिबारे जानकारी लिनु अस्वाभाविक मान्न सकिँदैन।
उनले सामान्य भेटघाटलाई आधार बनाएर न्यायाधीशमाथि महाभियोगको अस्त्र प्रयोग गर्न खोजिए त्यसले न्यायपालिकालाई भय र दबाबमा राख्ने काम गर्ने बताए। यस्तो प्रवृत्तिले न्यायपालिकाको स्वतन्त्रता मात्र कमजोर नबनाई समग्र विधिको शासनमाथि नै गम्भीर असर पार्न सक्ने उनको भनाइ छ।
मिश्रले तथ्य र प्रमाणको निष्पक्ष छानबिन नगरी सार्वजनिक भएका हल्लाका आधारमा न्यायाधीशहरूको निष्ठामाथि प्रश्न उठाउनु उचित नहुने पनि बताए। न्यायपालिकाको साख जोगाउन महाभियोगको धम्कीभन्दा विधि, प्रक्रिया र प्रमाणका आधारमा विषयको निरूपण हुनुपर्नेमा उनले जोड दिए।
उनका अनुसार पछिल्लो समय न्यायालयमा राजनीतिक हस्तक्षेप गर्ने तथा दुईतिहाइको शक्ति देखाएर न्यायाधीशमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति बढेको छ। यही परिस्थितिमा न्यायाधीशहरू आफूलाई दबाब दिने व्यक्तिहरूको पहिचान र वास्तविकता बुझ्न बाध्य भएको उनको तर्क छ।
न्यायपालिकाको स्वतन्त्रता र न्यायाधीशको जवाफदेहिताबीच सन्तुलन कायम हुनुपर्ने उल्लेख गर्दै मिश्रले कुनै पनि विषयलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउन नहुने धारणा राखेका छन्।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












