औद्योगिक क्षेत्रका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
भीमदत्तनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुग्नुभएका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काममा ढिलाइ भइरहेको भन्दै ज्ञापनपत्र बुझाएको हो । विसं २०५२ मा सरकारले घोषणा गरेको भए पनि हाल विविध सरकारी प्रक्रियाका कारण वन मन्त्रालयमा फाइल अड्किएको छ ।
छेला औद्योगिक क्षेत्रको कार्यप्रगतिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको नगरप्रमुख अशोककुमार चन्दले बताए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्रीसँग छलफल गरेर छेला औद्योगिक क्षेत्रको काम यथाशीघ्र सञ्चालनका लागि पहल गर्ने आश्वासन दिएको नगरप्रमुख चन्दले बताए ।
सुदूरपश्चिमको गौरवको योजना र रोजगारीको मुख्य सम्भावना रहेको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि मन्त्रिपरिषद्बाट पटक–पटक निर्णय भइसकेको भए पनि वन विभागमा औद्योगिक क्षेत्रको काम रोकिएको छ ।
औद्योगिक क्षेत्र स्थापनाका लागि चालू आवमा सुदूरपश्चिम प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ । करीब नौ सय बिघा जग्गा कायम गरिएको दैजी छेला औद्योगिक क्षेत्रको ‘इआए’ तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइसकेको छ । इआए, डिपीआर प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा रहेको छ, तर मन्त्रालयले काम अगाडि नबढाइदिँदा औद्योगिक क्षेत्रको स्थापनामा ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...
-
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार,...
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...












