जन्मदिन मनाउने खर्च काटेर अखिल क्रान्तिकारी नेताले गरे वालवालिकालाई शैक्षिक सामाग्री वितरण !
काठमाडाैं । अखिल क्रान्तिकारीका रामेछाप जिल्ला नेता सन्तोष चाैहानले जन्मदिनको खर्च कटाएर विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
२६ आैं वर्षमा प्रवेश गर्दै गर्दा उनले जन्मदिन मनाउन गरिने सम्पूर्ण खर्च कटाैति गरेर विद्यालयका वालवालिकालाई कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन् । रामेछापको मन्थली नगरपालिकाको वडा नं १३ मा रहेको मावि हर्रे सिन्देका २ सय वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेको नेता चाैहानले जनाएका छन् ।
विद्यार्थी आन्दोलनमा लाग्ने क्रममा विद्यार्थीका समस्या समाधान गर्न पहल थाल्दै आएका नेता चाैहानले देखावटी रुपमा जन्मदिन मनाएर अनावश्यक खर्च गर्नु भन्दा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न पाउदा खुशी लागेको जनाए ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालका शिक्षक, विद्यार्थी, स्थानियको उपस्थिति रहेको थियो भने साहित्यकार माधव सयपत्रीले कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।
कार्यक्रमको क्रममा बोल्दै साहित्यकार सयपत्रीले चाैहानको यस्तो कार्य अत्यन्तै गर्व गर्न लायक रहेको भन्दै खुशी व्यक्त गरेका थिए ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












