संचारमन्त्री बास्कोटाले केपी ओलीकै शैलीमा कडा जवाफ दिएपछि गगनको मुख निन्याउरो !
काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य गगन थापाले सदनमा कम्युनिष्ट सरकार भन्दै विरोध गरेपछि सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बास्कोटाले प्रतिउत्तर कडा ढंगले दिएका छन् ।
सांसद थापाले सरकार विरोधी आवाजलाई नियन्त्रण गर्ने मनसायका साथ कम्युनिष्ट सरकारले विधेयक ल्याएको टिप्पणी गरेपछि आक्रोसित बनेका संचारमन्त्री बास्कोटाले जनतालाई जिस्क्याउने र होच्याउने काम नगर्न चेतावनी दिएका हुन् ।
मन्त्री बास्कोटाले थापालाई इंगित गर्दै भने, जनताले दुई तिहाई मत दिएर कम्युनिष्ट रोजेपछि घरीघरी कम्युनिष्ट भन्दै खिस्सी गर्नु गलत भएको र यसको प्रतिवाद खुलेरै गर्नु परे पछि नहट्ने जनाएपछि विपक्षी झन त्रसित बनेको जनाइएको छ ।
सांसद थापाले तात्कालिन राजा ज्ञानेन्द्रले आलोचनाबाट बच्न फोन बन्द गरेको प्रसंग स्मरण गराउदै अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिए। उनले भने “यो सदनमा छलफल गरेर मात्रै सच्चिन सक्ने प्रस्तावित ऐन छैन। जनताको संघर्षबाट मात्रै यो सच्चिन्छ। कुनै बेला आलोचना गर्ने मुख बन्द गर्न राजा ज्ञानेन्द्रले फोन काटेको सम्झन्छु। तर फोन काट्दै गर्दा न फोन बन्द भयो, न आलोचना गर्ने मुख बन्द भयो। सरकारलाई म केबल त्यो स्मरण मात्र गराउन चाहन्छु।”
तर, प्रतिउत्तरमा मन्त्री बास्कोटाले प्रविधिलाई बुझेर गलत प्रचार गर्नु पनि अपराध सरह भएकाले सचेत हुन आग्रह गरेका थिए । उनले थप्दै भने, मान्छेको शरिरमा जनावरको टाउको जोडेर बदमासी गर्नेलाई छोड्न सकिन्न । समाजमा सभ्यता र अनुशासन भन्ने कुरा जिवित हुनैपर्छ । होइन भने अराजकता निम्तिन सक्छ ।
Comments
अरु समाचार
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...












