शेयर बजारः दोहोरो अङ्कको वृद्धि
काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३४ बिन्दुले बढेर २४८.१५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढ्दा कारोवार रकममा समेत वृद्धि भएको छ ।
कूल १६९ कम्पनीका १८ लाख ९३ हजार १२० कित्ता शेयर रु ५० करोड आठ लाख ८१ हजार ७३८ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।
जलविद्युत् ३.४८ र निर्जीवन बीमा ६.७६ बिन्दुले घट्दा बैंकिङ १९.६७, होटल २०.०१, विकास बैंक ३.६१, वित्त १.६१, उत्पादन ८.७३, अन्य ५.६१, लघुवित्त २.२१ र जीवन बीमा ३८.८६ बिन्दुले बढेको छ ।
कारोवार रकमका आधारमा आज नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु चार करोड २५ हजार ३७० मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा छ । यस्तै एनआइसी एशिया बैंकको रु तीन करोड ७६ लाख ८४ हजार ४७१, एनएमबी बैंक रु दुई करोड ७१ लाख ५९ हजार १९२, नेपाल बङ्गलादेश बैंक रु दुई करोड २७ लाख ७५ हजार २२०, प्रभु बैंक रु दुई करोड छ लाख ७८ हजार ३३०, प्राइम बैंक रु एक करोड ६३ लाख ६९ हजार ८४७, एभरेष्ट बैंक रु एक करोड ६२ लाख ११ हजार ३३५ र सिटिजन बैंक रु एक करोड ५४ लाख ७५ हजार २६२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ९.४० प्रतिशतले कमाएका छन् । यस्तै लक्ष्मी इक्विटी फण्ड ५.८९, एनएमबी हाइड्रो फण्ड ५, पोरखा फाइनान्स ४.६५, जानकी फाइनान्स ४.२७ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले ३.९२ प्रतिशतले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.५८, कञ्चन डेभलपमेन्ट बैंक ५.६६, अरुण काबेली पावर लिमिटेड ४.३४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.०१ र युनाइटेड फाइनान्सले २.९८ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












