शेयर बजारः दोहोरो अङ्कको वृद्धि
काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३४ बिन्दुले बढेर २४८.१५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढ्दा कारोवार रकममा समेत वृद्धि भएको छ ।
कूल १६९ कम्पनीका १८ लाख ९३ हजार १२० कित्ता शेयर रु ५० करोड आठ लाख ८१ हजार ७३८ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।
जलविद्युत् ३.४८ र निर्जीवन बीमा ६.७६ बिन्दुले घट्दा बैंकिङ १९.६७, होटल २०.०१, विकास बैंक ३.६१, वित्त १.६१, उत्पादन ८.७३, अन्य ५.६१, लघुवित्त २.२१ र जीवन बीमा ३८.८६ बिन्दुले बढेको छ ।
कारोवार रकमका आधारमा आज नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु चार करोड २५ हजार ३७० मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा छ । यस्तै एनआइसी एशिया बैंकको रु तीन करोड ७६ लाख ८४ हजार ४७१, एनएमबी बैंक रु दुई करोड ७१ लाख ५९ हजार १९२, नेपाल बङ्गलादेश बैंक रु दुई करोड २७ लाख ७५ हजार २२०, प्रभु बैंक रु दुई करोड छ लाख ७८ हजार ३३०, प्राइम बैंक रु एक करोड ६३ लाख ६९ हजार ८४७, एभरेष्ट बैंक रु एक करोड ६२ लाख ११ हजार ३३५ र सिटिजन बैंक रु एक करोड ५४ लाख ७५ हजार २६२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ९.४० प्रतिशतले कमाएका छन् । यस्तै लक्ष्मी इक्विटी फण्ड ५.८९, एनएमबी हाइड्रो फण्ड ५, पोरखा फाइनान्स ४.६५, जानकी फाइनान्स ४.२७ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले ३.९२ प्रतिशतले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.५८, कञ्चन डेभलपमेन्ट बैंक ५.६६, अरुण काबेली पावर लिमिटेड ४.३४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.०१ र युनाइटेड फाइनान्सले २.९८ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












