प्रदेश ५ बुटवल मात्रै हैन रुकुम रोल्पादेखी बर्दियासम्म नै हो: प्रधानमन्त्री ओली
काठमाडौं । प्रदेश ५ को राजधानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले कडा जवाफ दिएका छन् ।
जीतगढीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, बुटवल नै प्रदेश राजधानी हुनुपर्छ भन्ने कुरा गलत हो । प्रदेश ५ मा रुकुम रोल्पादेखी बर्दियासम्म छ भन्ने कुरा बुझ्न पर्ने जनाएका छन् ।
कार्यक्रम मै बुटवल राजधानी राख्न माग उठेपछी प्रधानमन्त्री ओलीले मञ्चबाटै कडा जवाफ फर्काएका हुन् ।
प्रधानमन्त्री भन्दा अगाडि सम्बोधन गरेका नेपाली काङ्ग्रेस नेता बालकृष्ण खाँडले प्रदेश ५ को स्थायी राजधानी बुटवल उपयुक्त भएको भन्दै छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । शेरबहादुर देउवा सरकारले बुटवललाई अस्थायी राजधानी तोके पनि अहिलेसम्म स्थायी राजधानीको टुंगो नलाग्दा प्रदेश ५ मा असहजता भएको जनाएका थिए ।
प्रदेश राजधानीबारे बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरो अरु जस्तो जहाँ गयो त्यहीका लागि कुरा गर्ने आदत छैन, प्रदेश ५ भनेको बुटवल मात्र होइन बर्दिया, रोल्पा रुकुमसम्म छ, जुन ठाउँ सबैका लागि पायक पर्छ प्रदेशसभाले त्यही राजधानी तोक्छ ।’
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...











