एग्जिट पोल नतिजाः एनडिएको बहुमत, प्रधानमन्त्रीमा मोदी दोहोरिने संकेत
काठमाडाैं । भारतमा १७औं लोकसभा निर्वाचनका सबै चरण सकिए लगत्तै चुनावी नतिजलाई लिएर विभिन्न सञ्चार माध्यमले सञ्चालन गरेका ‘एग्जिट पोल’ सार्वजनिक हुन थालेका छन्।
सर्वेक्षण संस्थाहरूसँग विभिन्न मिडियाले मिलेर गरेको चुनावी नतिजा सर्वेक्षणअनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक अलाएन्स (एनडीए)ले बहमुत पाउने र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने देखाएका छन्।
सर्वेक्षणले भाजपा नेतृत्वको गठबन्धनले करिब ३ सय चुनावी क्षेत्र र भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धन यूनाइटेड प्रोगेसिभ अलाएन्स (यूपीए)ले करिब १ सय २८ क्षेत्रमा जित निकाल्ने अनुमान गरिएको छ।
गत ११ अप्रिलबाट सुरु भएको लोसकभा निर्वाचन ७ चरणमा भएको थियो र जुन आज मात्रै सकिएको थियो। मत गणना भने २३ मेइ हुनेछ र त्यसै दिन नतिजा सार्वजनिक हुनेछ।
भारतीय संसद्को तल्लो सदन लोकसभामा कुल ५ सय ४३ सिट छन् र बहुमतका लागि २ सय ७२ सिट ल्याउनुपर्ने हुन्छ। सन् २०१४ को लोकसभा चुनावमा एनडीएले ३ सय ३६ चुनावी क्षेत्रमा जित हासिल गरेको थियो।
रिपब्लिक टेलिभिजनले गरेको चुनावी नतिजा सर्वेक्षणले भाजपा नेतृत्वको गठबन्धन एनडिएले २ सय ८७, भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धन यूनाइटेड प्रोगेसिभ अलाएन्स (यूपिए)ले १ सय २८ र अन्यलाई १ सय २७ क्षेत्रमा जित मिल्न सक्ने अनुमान गरेको छ।
त्यस्तै टाइम्स नाउ टेलिभिजनले गरेको चुनावी नतिजा सर्वेक्षण अनुसार एनडीएले ३ सय ६, यूपिएको १ सय ३२ र अन्यले १ सय ४ चुनावी क्षेत्रमा जित हात पार्न सक्छन्।
एबिपी न्यूज टेलिभिजनका अनुसार एनडिएले २६७, यूपिएले १ सय २७ र अन्य दलले १ सय ४८ क्षेत्रमा चुनावी जित हासिल गर्न सक्ने देखिएको छ।
न्यूज नेसन टेलिभिजनका अनुसार एनडिएले २ सय ८२—२ सय ९०, यूपिएले १ सय १८—१ सय २६ र १ सय ३०—१ सय ३८ सिटमा जित हासिल गर्न सक्छन्।
त्यस्तै इन्डिया टुडे ग्रुपले गरेको सर्वेक्षण अनुसार एनडीएले १ सय ९४—२ सय ११, यूपिएले ७३—९७ र अन्यले ५६—७४ क्षेत्रमा जित्न सक्ने अनुमान गरिएको छ।
भरोसा योग्य हुँदैनन् ‘एग्जिट पोल’
‘एग्जिट पोल’ मतदान गरेर बाहिर निस्कने मतदाताबीच गरिएको सर्वेक्षण हो। यद्यपि, यस्ता सर्वेक्षणलाई कुनै पनि तरिकाले प्रमाणिक मानिँदैन। अधिकांश टेलिभिजनले विभिन्न सर्वेक्षण गर्ने ऐजेन्सीसँग मिलेर ‘एग्जिट पोल’ गर्ने गर्छन्।
भारतीय मिडियाले पछिल्ला कैयौं चुनावमा गरेका ‘एग्जिट पोल’का नतिजा गलत साबित भएका छन्।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...











