शिक्षा मन्त्रालयले तोक्यो कलेज पढाउने शिक्षकको योग्यता
काठमाडाैँ । विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका संशोधन गरेको छ। सो निर्देशिकामा शिक्षकको योग्यता प्रस्ट गरिएको हो। निर्देशिकामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने त्यस्ता शिक्षण संस्थामा कम्तीमा एक जना शिक्षक विद्यावारिधि उपाधि हासिल गरेको हुनुपर्ने छ।
मन्त्रालयमा उच्च शिक्षा हेर्नुहुने सहसचिव रामशरण सापकोटाले योग्य र सक्षम जनशक्तिले अध्यापन गरेमा गुणस्तर वद्धि हुने भएकाले शिक्षकको योग्यता किटान गरिएको बताए। निर्देशिकाले इन्जिनियरिङ तथा सूचना प्रविधिका लागि पनि सबै शिक्षकको योग्यता स्नातकोत्तर तोकेको छ भने नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थामा २५ प्रतिशत शिक्षक स्नातकोत्तर हुनुपर्ने प्रस्ट गरेको छ।
यस्ता कलेज सञ्चालन गर्न उपत्यकाभित्र कम्तीमा तीन रोपनी, पहाडमा छ रोपनी र तराईमा पाँच कट्ठा जग्गा हुनुपर्ने नियम बनाइएको खबर गोरखापत्र दैनिकमा छ। यस्ता कमै कलेजसँग मात्र नयाँ तोकिएअनुरूपको पूर्वाधार रहेको पाइन्छ। त्यस्तै प्रत्येक संस्थाले विद्यार्थी भर्ना सङ्ख्याका आधारमा स्वदेशी लगानीकर्ता भए १० प्रतिशत र विदेशी लगानीकर्ता भए २० प्रतिशत सिट महिला, गरिब तथा जेहेनदार, दलित, पिछडिएका र दुर्गमका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ। विगतमा त्यस्ता शिक्षण संस्थाले शिक्षा मन्त्रालयबाट सञ्चालन अनुमति लिँदा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सम्झौता गरे पनि अधिकांशले त्यस्तो छात्रवृत्ति उपलब्ध गराएको पाइँदैन।
सहसचिव सापकोटाले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्थालाई कडाइका साथ पालना गराउन लगाइने बताउँदै भन्नुभयो, “तोकिएको मापदण्ड पूरा गरे नगरेका बारेमा अनुगमन गरिने छ । अब कलेज उम्किन पाउने छैनन्।” निर्देशिकामा एउटै तहको एउटै विषयमा एकभन्दा बढी संस्थासँग सम्बन्धन लिन नपाइने, कलेजले जुन विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन्, सोही विश्वविद्यालयको नामबाट हरेक सेमेस्टरको लब्धाङ्क पत्र उपलब्ध गराउनुपर्ने, संस्थाले सञ्चालन गरेको विषय वा कार्यक्रमको परीक्षाका लागि प्रश्नपत्र वा मूल्याङ्कन प्रणाली सम्बन्धन दिने संस्थाको परीक्षासम्बन्धी कार्य गर्ने केन्द्रीय निकायबाट नियन्त्रित हुनुपर्नेलगायतका व्यवस्था गरिएको छ।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...











